बुधबार, असार ११, २०८२

कोलम्बियामा हेलिकोप्टर दुर्घटना, प्रहरीका ५ अधिकृतको मृत्यु

नेपालखोज २०७८ जेठ १७ गते १६:१९

बोगोटा । कोलम्बियामा हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा सवार ५ प्रहरी अधिकृतको मृत्यु भएको छ । हेलिकोप्टर कोलम्बियाको बोगोटाबाट पश्चिमतर्फको एक ग्रामीण क्षेत्रमा दुर्घटना भएको थियो ।

आइतबार हेलिकोप्टर दुर्घटना भएको र त्यसमा सवार पाँच प्रहरी अधिकारीहरुको ज्यान गएको कोलम्बियाका राष्ट्रपति इभान डुकलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उनले आइतबार एक विज्ञप्ति प्रकाशन गरेर यसबारे जानकारी दिएका हुन् । हेलिकोप्टर दुर्घटनामा मृत्यु हुने प्रहरी अधिकृतहरु त्यहाँको लागुऔषधसम्बन्धी विभागमा कार्यरत रहेको बताइएको छ ।

हेलिकोप्टर दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको कोलिम्बियाली प्रहरी सेवाका प्रवक्ताले जनाएका छन् ।

प्रतिक्रिया