बाघको आक्रमणबाट बर्दियामा महिलाको मृत्यु
नेपालखोज
२०७८ जेठ १८ गते ७:१५

बर्दिया । जिल्लामा पाटेबाघको आक्रमणमा परी फेरि पनि एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको मधुवन नगरपालिका–५ बस्ने नन्दकला थापा क्षेत्रीको पाटेबाघको आक्रमणमा परी मृत्यु भएको हो ।
बेल्झुण्डी सामुदायिक वनमा निगुरो टिप्ने क्रममा ६६ वर्षीया उहाँलाई पाटेबाघले आक्रमण गरेर जङ्गलभित्र लगेको थियो ।
खोजी गर्दा मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वरी कार्कीले जानकारी दिएका छन् ।
सम्बन्धित

प्रतिक्रिया