उपत्यकाको निषेधाज्ञा खुकुलो बनाउने तयारी
नेपालखोज
२०७८ जेठ १८ गते ११:३८

काठमाडाैं । काठमाडाैं उपत्यकामा निषेधाज्ञा केही खुकुलो बनाउने तयारी भएको छ । पछिल्लो पटक थपिएको निषेधाज्ञा २० गते सकिँदैछ ।
त्यसपछि निषेधाज्ञा थप्दा विकास निर्माण र खाद्यान्नको क्षेत्र खुकुलो बनाउने तयारी भएको हो । यसबारे निर्णय गर्न काठमाडाैं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ ।
आज बस्ने बैठकले यसबारे निर्णय गर्ने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले नेपालखाेजलाई जानकारी दिए । उनले हामी छलफल मै छाैं के निर्णय गर्ने भन्ने छलफल पछि थाहा हुने बताएका छन् ।
यसअघि गएको १४ गतेदेखि थपिएको निषेधाज्ञा कडा बनाइएको छ । खाद्यान्न पसलसमेत बन्द गरिएको छ ।
सम्बन्धित

प्रतिक्रिया