प्रधानन्यायाधीश राणाद्वारा संवैधानिक इजलास गठन गर्ने प्रतिबद्धता

नेपालखोज २०७८ जेठ १८ गते १२:३२

काठमाडाैं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने प्रतिवद्धता जनाएका छन् ।

सर्वोच्च अदालत बारका प्रतिनिधिसँग आज भएको छलफलमा इजलासमा गठनमा देखिँदै आएको विवाद नदोहोरिने गरी दीर्घकालीन समाधान खोज्न राणा सहमत भएको जनाइएकाे छ ।

त्यसका लागि सर्वोच्च अदालतको कार्यसञ्चालन नियमावली परिवर्तन गर्न राणा तयार भएको जनाइएकाे छ । प्रतिनिधिसभा विघटनको मुद्दा र संविधानको धारा ७६ को ५ अनुसार सरकार गठनको मुद्दा हेरिरहेको सर्वोच्चको संवैधानिक इजलासमा रहेका न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसीको सम्बन्धमा विपक्षी गठबन्धनका कानून व्यवसायीले प्रश्न उठाउँदै आएका छन् ।

प्रतिक्रिया