महामारीमा १९ बैंकको निष्क्रिय कर्जा घट्दा आठ वटाको बढ्यो
राष्ट्रिय वाणिज्य बैंकको निष्क्रिय कर्जा सबैभन्दा बढी, एभरेष्टको सबैभन्दा कम

काठमाडौं । विश्व व्यापीरुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) नियन्त्रण तथा रोकथामको लागि विभिन्न समयमा जारी गरिएका निषेधाज्ञाका कारण मुुलुकको अर्थतन्त्र दिन प्रति दिन कमजोर बन्दै गएको छ ।
निषेधाज्ञाको अवधिमा एकाध बाहेक सबैजसो उद्योग व्यवसाय, बन्द व्यापार प्राय ठप्प रहेको छ । यसको प्रत्यक्ष प्रभाव बैंकको सावाँ व्याज असुलीमा परेको छ ।
यसले गर्दा विगत लामो समयदेखि बैंकहरुको खुद व्याज आम्दानी घट्दै गएको छ । महामारी कै कारण व्यवसायमा परेको नकारात्मक प्रभावकारण उद्योगी, व्यवसायी ग्राहकहरुको कर्जाको व्याज तिर्ने क्षमतामा पनि कमी आएको छ ।
यसको प्रत्यक्ष असर बैंकहरुको निष्क्रिय कर्जाको पर्ने देखिन्छ । तर यसको बावजुत पनि चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरु मध्ये १९ वटा बैंकहरुले निष्क्रिय कर्र्जा गत आवको सोही अवधिको तुुलनामा घटाउन सफल भएकाछन ।
यी बाहेकका आठ वटा बैंकहरुमा निष्क्रिय कर्जाको अनुपात गत आवको सोही अवधिको तुुलनामा केही बढेको छ । बैंकरुले प्रकाशन गरेको चालुु आवको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार सबैभन्दा बढी निष्क्रिय कर्जा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको रहेको छ भने सबै भन्दा कम निष्क्रिय कर्जा एभरेष्ट बैंकको रहेको छ ।
चालुु आवको तेस्रो त्रैमासमा राष्ट्रिय वाणिज्य बैंकमा तीन दसमलव ६२ प्र्रतिसत कर्जा निष्क्रिय देखिंदा एभरेष्ट बैंकमा शुन्य दशमलव १२ प्रतिशत कर्जा मात्र निष्क्रिय देखिएको छ ।
गत आवको सोही अवधिमा भने यि बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमश चार दशमलव ६४ प्रतिशत र शुन्य दशमलव २० प्रतिशत रहेको छ । कृषि विकास बैंकमा पनि चालु आवको तेस्रो त्रैमासमा तीन दशमलव आठ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।
गत आवको सोही अवधिमा उक्त बैंकमा तीन दशमलव ६५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । यि बाहेकका नेपाल बैंक, सेञ्चुरी कर्मसियल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र एनसीसी बैंकमा भने निष्क्रिय कर्जाको अनुपात क्रमश दुुई दशमलव २९, दुुई दशमलव ९६, दुुई दशमलव ३२ र दुई दशमलव पाँच प्रतिशत रहेका छन् ।
गत आवको सोही अवधिमा यी बैंकहरुमा यस्तो कर्जाको अनुपात क्रमश दुुई दशमलव ६४, दुई दशमलव १९, दुुई दशमलव ६७ र दुुई दशमलव ७५ प्रतिशत रहेका थिए ।
बैंक अफ काठमाडौ, ग्लोवल आईएमई बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, सिभिल बैंक, कुुमारी बैंक, प्रभुु बैंक, नेपाल बंगलादेश बैंक, मेगा बैंक, सनराईज बैंक र एनएमबी बैंकमा भने एक दशमलव एक देखि एक दशमलव ९७ प्र्रतिशतसम्म कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा यी बैंकहरुमा यस्तो कर्जाको अनुपात शुन्य दशमलव ९८ देखि दुुई दशमलव ९६ प्रतिशतसम्म रहेको थियो ।
चालुु आवको तेस्रो त्रैमासिक अपरिष्कृत बित्तीय बिवरण अनुसार माछापुच्छे«, सिद्धार्थ, हिमालयन, प्राईम, एनआईसी एशिया, लक्ष्मी, नबिल सहितका ११ वटा बैंकहरुमा भने निष्क्रिय कर्जाको अनुपात शुन्य दशमलव १२ देखि शुन्य दशमलव ८६ प्रतिशतसम्म रहेको छ । गत आवको सोही अवधिमा यी बैंकहरुमा यस्तो कर्जाको अनुपात शुन्य दशमलव २० प्रतिशतदेखि दुुई दशमलव २४ प्रतिशतसम्म रहेको थियो ।
वाणिज्य बैंकहरुको निष्क्रिय कर्जा (प्रतिशतमा) क्रमस बैंकको नाफा चालुु आवको तेस्रो त्रैमास गत आवको तेस्रो त्रैमास
१ राष्ट्रिय वाणिज्य बैंक ३.६२ ४.६४
२ कृषि बिकास बैंक ३.०८ ३.६५
३ नेपाल बैंक २.२९ २.६४
४ सेञ्चुुरी कर्मसियल बैंक २.९६ २.१९
५ नेपाल इन्भेष्टमेन्ट बैंक २.३२ २.६७
६ एनसीसी बैंक २.०५ २.७५
७ बैंक अफ काठमाडौं १.०१ १.५३
८ ग्लोवल आईएमई बैंक १.६१ १.१४
९ सिटिजन्स बैंक १.८३ ०.९७
१० सिभिल बैंक १.१३ २.९६
११ कुमारी बैंक १.०९ ०.९८
१२ प्रभुु बैंक १.४८ २.९५
१३ नेपाल बंगलादेश बैंक १.९१ २.७६
१४ मेगा बैंक १.३१ १.३२
१५ सनराईज बैंक १.९४ १.३२
१६ एनएमबी बैंक १.९७ २.४८
१७ माछापुुच्छ«े बैैक ०.५१ ०.४५
१८ सिद्धार्थ बैंक ०.८८ २.२४
१९ एभरेष्ट बैंक ०.१२ ०.२०
२० हिमालयन बैंक ०.८१ १.११
२१ प्राईम कर्मसियल बैंक ०.८६ ०.९७
२२ एनआईसी एशिया बैंक ०.४७ ०.७५
२३ लक्ष्मी बैंक ०.७१ १.७८
२४ नविल बैंक ०.४८ ०.६३
२५ सानिमा बैक ०.२१ ०.३६
२६ नेपाल एसबिआई बैंक ०.२३ ०.१९
२७ स्टान्र्ड चार्टड बैंक ०.५० ०.२२
प्रतिक्रिया