विभिन्न व्यक्तित्वले यसरी सम्झिए उज्ज्वललाई !

नेपालखोज २०७८ जेठ १८ गते २०:१७

काठमाडौं । विवेकशील साझा पार्टीका संस्थापक संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वलबहादुर थापालाई विभिन्न व्यक्तित्वहरुले सम्झिएका छन् । थापालाई समाजिक सञ्जालमार्फत विभिन्न व्यक्तित्वहरुले सम्झिएका हुन् । ४४ वर्षीय थापाको मंगलबार मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

विभिन्न व्यक्तित्वले यसरी सम्झिए थापालाई


प्रकाश चन्द्र लाेहनी, अध्यक्ष, राप्रपा
उज्ज्वल थापा को निधन को खबर पढ्दा मर्माहत भएको छु । उज्ज्वल लाई मैले एक दुइ ताली भेट घाट बाहेक चिनेको पनि व्हैन तर वहा को राजनैतिक तथा सामाजिक कार्यक्रम मा देखेको सरलता, सौम्यता र इमान्दारी ले वहा प्रति मेरो आदर र सम्मान रहेको हो। एउटा होनहार र ठुलो सम्भाबना भएको व्यक्ति को निधन राष्ट्र को ठुलो छ्यति हो यो दुखद घडी मा परिवार प्रति समबेदना व्यक्त गर्दछु र आत्मा को शान्ति को कामना गर्दछु ।

भरतराज पाैडेल, अष्ट्रेलिया
एउटा लोभ्याउने मृत्यु। मलाई पनि उज्वल थापा जस्तै मर्न मन छ। तर हरेक मृत्यु र जिबन पैसा, कमाई, घर र सम्पत्तिसँग जोडिएको छ। कठै दुनियाँ । हरेक मान्छेलाई स्वतन्त्र मर्न देउ।

किशाेर नेपाल, वरिष्ठ पत्रकार
उज्ज्वल थापाकाे निधन संवेदनशील समय : श्रद्धाञ्जली ।

बालकृष्ण खाड, नेता कांग्रेस
विवेकशील साझा पार्टीका संस्थापक अध्यक्ष उज्जवल थापाको दुःखद निधनको खबरले अत्यन्तै मर्माहत बनाएको छ । शोकको यस घडिमा स्व. थापाको आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु !

विश्व प्रकाश शर्मा, प्रवक्ता कांग्रेस
उज्ज्वलजिको अमर आत्मालाई शान्ति मिलोस् स्वर्गमा ! भावपुर्ण श्रद्धाञ्जली !!!! शोक सहने शक्ति परिवारजनलाई ईश्वरले प्रदान गरुन्, गहिरो समवेदना l

प्रदिप पाैडेल, युवा नेता कांग्रेस
भावपूर्ण श्रद्धाञ्जली । राजनीतिक स्वच्छता र प्रगतिशील राजनीतिक सोचका व्यक्तित्व विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्वल थापाकाे निधनको खबरले अत्यन्तै स्तव्ध छु । स्व. थापाकाे आत्मको चिर शान्तीको कामना गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना अर्पण गर्दछु । हार्दिक श्रद्धान्जली उज्वल !

चन्द्र किशाेर, पत्रकार
हम तुम्हें यूं भूला न पाएंगे ! अश्रुपूरित श्रद्धाञ्जली । उज्ज्वल थापाज्यु प्रति भावपूर्ण श्रद्धाञ्जली !

राज खेतान, व्यवसायी
उज्ज्वल थापाज्यु प्रति भावपूर्ण श्रद्धाञ्जली !

बिमेलेन्द्र निधि
भावपूर्ण श्रद्धाञ्जली! विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्जवल थापाको असामयिक निधनको खबरले अत्यन्तै दुखी छु। स्वर्गीय थापाको आत्माको चीर शान्तिको कामनासहित भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।

गोकर्ण बिष्ट
फरक सोंच र अभ्यासमार्फत छोटो समयमै नेपाली राजनीतिमा प्रभाव छोड्न सफल विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष एवं मेरा मित्र उज्ज्वल थापाको अकल्पनीय निधनले म अत्यन्त दुखित छु । देशले संभावना बोकेका एक असल युवा नेतालाई अल्पायुमै गुमाउनु परेको छ । यो दु:खद क्षणमा दिवंगत उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक संतप्त सबैमा हार्दिक समवेदना व्यक्त गर्दछु ।

जनार्दन शर्मा
विवेकशील साझा पार्टीका संस्थापक उज्वल थापाको निधन भएको खबरले स्तब्ध भएका छौं ! उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली ! सम्पुर्ण परिवारजनमा गहिरो समवेदना !!

मिनेन्द्र रिजाल, नेका नेता
उज्वल थापाले धेरैको मन जित्नु भएको थियो, आशा जगाउनु भएको थियो, आत्मविश्वास बढाउनु भएको थियो। अब उहाँ हामीबीच रहनु भएन। देशले नै, विशेषतः युवाले, उहाँको योगदान पछिसम्म सम्झि रहनेछ। दिवङ्गत श्री थापाप्रति हार्दिक श्रद्धाञ्जली। एरिकाजी लगायत सम्पूर्ण परिवारजनमा गहिरो सम्वेदना।

टंक कार्की, एमाले
विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्वल थापाको असामयिक निधन । मुलुकमा वैकल्पिक राजनीतिक विकासका एक उदीयमान नक्षत्र | राजनीतिमा भए हुने गरेको षडयन्त्र, जालझेल र लालचको चर्तिकलाबाट आजित भएको हाम्रो जस्तो समाजमा मुद्धा र संकल्पमा आधारित राजनीतिको पुन:र्गठनमा उनको साहस स्तुत्य थियो | उनको अवसान वास्तव मै राष्ट्रक निम्ति अपुरणीय क्षति हो | हार्दिक श्रद्धाञ्जली उज्वल जी ! शोकाकुल परिवारजनमा गहिरो समवेदना।

प्रतिक्रिया