स्वास्थ्यकर्मीमाथि भएको आक्रमणबारे छानबिन गर्न गठित समितिले बुझायो प्रतिवेदन
नेपालखोज
२०७८ जेठ १८ गते २०:४९

काठमाडौं । नेपालगन्जस्थित भेरी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको आक्रमणबारे छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्ट संयोजक रहेको सात सदस्यीय समितिले प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई आज प्रतिवेदन बुझाएको हो । प्रतिवेदन सार्वजनिक गरिएको छैन । संयोजक विष्टले कोरोना महामारीका कारण भेरी अस्पतालमा घटना भएको दिन उत्पन्न परिस्थिति, जनशक्ति अभावलगायत समस्या र त्यसको दीर्घकालीन समाधानका लागि प्रतिवेदनमा सुझाव दिइएको जानकारी दिएका छन् ।
उनका अनुसार छानबिन समितिले घटनाको स्थलगत अध्ययन, कुटपिट गरिएका चिकित्सक र स्वास्थ्यकर्मी, पीडक, घटनाका प्रत्यक्षदर्शी र बिरामीका कुरुवासँगसमेत सोधपुछ गरेर प्रतिवेदन तयार पारेको छ ।
सम्बन्धित

प्रतिक्रिया