आइतबार, जेठ ६, २०८१

थ्री स्टार र मछिन्द्रकाे बराबरी

नेपालखोज २०८० वैशाख १३ गते १९:२३

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्री स्टार क्लब र मछिन्द्र फुटबल क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार थ्री स्टार र मछिन्द्रले गोलरहित बराबरी खेलेका छन् । प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् । जसको कारण खेल बराबरीमा सकिएको हो ।

यस बराबरीसँगै थ्री स्टार १२ खेलमा २२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । मछिन्द्र १२ खेलमा १७ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

प्रतिक्रिया