बिहीबार, वैशाख २०, २०८१

असल मान्छे

कलाकार/निर्देशक-अनुप बराल २०७८ जेठ १९ गते ८:०२

हेर्दा हेर्दै
एउटा तारा खस्यो

छोडेर गयो जीवनको सबै भन्दा गाढा रंग
र केही थान
असली विचारहरु

उ खस्नुको सार्थकता
अब
उ जस्तै अरु थुप्रै ताराहरु
खस्न नदिनुमा छ ।

सानो छँदा हजुरआमा
मलाई कथा सुनाउनु हुन्थ्यो
मान्छे जब थोरै बोल्छ
र धेरै काम गर्छ
उ असल मान्छे र तारा दुवै हुन्छ ।

कलाकार/निर्देशक-अनुप बराल

प्रतिक्रिया