इजरायलमा प्रधानमन्त्री र राष्ट्रपति दुबैमा नयाँ नेतृत्व

काठमाडाैं । इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहू पद बाट हटने कुरा निश्चित जस्तै भएकाे छ । इजरायलका विपक्षी नेता येर लापिदले राष्ट्रपति रूवेन रिवलिन समक्ष गठबन्धन सरकार निर्माणका लागि आफूसँग बहुमत रहेकाे दाबी गरेपछि नेतन्याहूकाे बहिर्गमन तय भएकाे हाे ।
नयाँ सरकारमा येश अतीद, कहोल लावन, इजरायल बेइटिनु, लेवर, यामिना, न्यू होप, मेरेटज तथा राम आदि पार्टी संम्लग्न हुने समाचारमा बताइएकाे छ ।
विपक्षि नेता येर लापिद का अनुसार अब आलाेपालाे को सहमति अनुरुप पहिले नाफताली बेनेट प्रधानमंत्री हुनेछन् । स्मरण रहाेस् इजरायलमा सरकार सँगै राष्ट्रपति पनि परिवर्तन हुँदैछन् ।
इजरायली संसद ‘नेसेट’ मा भएकाे मतदानले अनुभवी नेता इसाक हर्जोगलाई देश काे एघारौं राष्ट्रपति निर्वाचित गरिसकेकाे छ । इसाकले वर्तमान राष्ट्रपति रिवलिन काे स्थान लिने छन् जो सात वर्षको कार्यकाल पछि नौ जुलाईमा पदमुक्त हुँदै छन् ।

प्रतिक्रिया