स्वास्थ्य मन्त्रालयले भन्याे- नेपालमा अल्फा र डेल्टाबाहेक अरू भेरियन्ट पुष्टि भएकाे छैन

नेपालखोज २०७८ जेठ २० गते १७:०५

काठमाडौं । सरकारले नेपालमा कोरोना भाइरसको नयाँ ‘भेरियन्ट’ भेटिएको भन्ने अन्तरराष्ट्रिय समाचार प्रति ध्यानार्कषण भएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यस्ताे भ्रामक समाचार विश्वास गर्न अनुराेधसमेत गरेकाे छ । हाल नेपाल मा भेटिएका भेरियन्ट अफ कनर्सनमा अल्फा र डेल्टा मात्र रहेकाे उक्त विज्ञप्तिमा जनाइएकाे छ । हालसम्म नेपालमा यसवाहेक अरू कुनैपनि नयाँ भेरियन्ट पुष्टि भएको छैन ।

मन्त्रालयले जनस्वास्थ्यका विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट आधिकारिक सूचना जानकारी नलिई त्यस किसिमका भ्रामक समाचार सम्प्रेषण नगरी जिम्मेवार बनिदिन आग्रह गरेकाे छ ।

आजै विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट फैलिएको भन्नेबारे आफूलाई कुनै जानकारी नभएको बताएको थियो ।

प्रतिक्रिया