बैैंकहरुको एक खर्ब ७५ अर्ब रुपैयाँ कर्जा होटेल तथा पर्यटन क्षेत्रमा

काठमाडौं । कोभिड-१९को विश्व महामारीको बीचमा सबैभन्दा बढी प्रभावित अर्थात चर्कोे मारमा परेको क्षेत्र पर्यटन उद्योग अन्र्तगतको होटेल तथा पर्यटन हो ।
कोभिड-१९ को पहिलो र दोस्रो लहर नियन्त्रण तथा रोकथामको लागि सरकारले पटकपटक लकडाउन तथा निषेधाज्ञा जारी गरेसँगै यो क्षेत्र पछिल्लो समय उठ्नै नसक्ने गरी थला परेको छ ।
सरकारले कोभिड-१९ को प्रभावित उद्योगहरुलाई पुर्नउत्थान गर्ने भन्दै विभिन्न किसिमको सहुुलियत तथा पुर्नकर्जा दिने भनेपनि त्यो पर्याप्त नहुँदा होटल तथा रेष्टुरेन्टसँगै यो क्षेत्रमा अर्बो रुपैयाँ कर्जा प्रवाह गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु पनि थला पर्न सक्ने संभावना बढेर गएको छ ।
बैंक तथा फाइनान्स कम्पनीहरुले होटेल तथा पर्यटन क्षेत्रमा एक खर्ब रुपैयाँ भन्दा बढी कर्जा लगानी गरेको र कोभिड-१९ कै कारण यो कर्जा वापत प्राप्त हुुने सावाँ व्याजको चक्र नै खल्बलिंदा बैँकहरुमा आगामी बर्ष खराब कर्जा उच्च रुपमा बढ्ने देखिन्छ ।
अहिले पनि बैंकहरुले होटेल क्षेत्रमा लगानी गरेको कर्जा बापत सावाँ व्याज पाउन सकेका छैन, यो क्रम बढ्दै जाँदा बैंकहरुको ठुुलो लगानी जोखिममा पर्न सक्छ, जुुन जोखिम राष्ट्र बैंक र सरकारको नीतिगत सहुुलियत र पुर्नकर्जाले मात्र धान्न सक्दैन, नाम उल्लेख नगर्न सर्तमा एक बैंकर भन्छन् ।
यता राष्ट्र बैंकले भने बैंक तथा फाइनान्स कम्पनीहरुले चालुु आर्थिक वर्षको नौ महिनाको अवधिमा होटेल तथा रेष्टुुरेन्ट क्षेत्रमा मात्र एक खर्ब ७५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको जानकारी दिएको छ ।
उक्त कर्जा मध्ये २७ वटा वाणिज्य बैंकहरुले मात्र प्रवाह गरेको कर्जा रकम एक खर्ब ५७ अर्ब २८ करोड ९० लाख रुपैयाँ रहेको छ । यस अवधिमा क्षेत्रिय तथा राष्ट्रियस्तरका समेत गरी १८ वटा विकास बैंकहरुले पनि होटल तथा रेष्टुरेन्ट क्षेत्रमा १५ अर्ब पाँच करोड ३० लाख रुपैयाँ कर्जा लगानी गरेका छन् भने २० वटा फाईनान्स कम्पनीहरुले तीन अर्ब ६३ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
तर यति ठुुलो परिमाणमा कर्जा लगानी रहेको क्षेत्र भएपनि लामो समय देखि यो क्षेत्र बन्द हुुँदा यसको अप्रत्यक्ष भार अब बैंक तथा फाइनान्स कम्पनीहरुले बोक्नुु पर्ने भएको छ, नाम उल्लेख नर्गर्ने ति बैंकर भन्छन् ।
अहिलेको अवस्थामा कुुनै पनि बैंक तथा फाइनान्स कम्पनीहरुले होटेल तथा फाइनान्स कम्पनीहरुलाई कर्जा तिर्नको लागि ताकेता गर्न नसक्ने र गरेको खन्डमा पनि कर्जा उठन् नसक्ने हुँदा कोभिड-१९ को असहज परिस्थिती बाट उत्पन्न भएको आर्थिक भार होटेल तथा पर्यटन क्षेत्रसँगै बैंकहरुले पनि निकै लामो समयसम्म बोक्नु पर्नेछ, ति बैंकर भन्छन् ।
होटेल तथा रेष्टुरेन्ट क्षेत्रमा प्रवाह गरेको कर्जा
बैंक तथा फाइनान्स संख्यामा : वाणिज्य बैंक-२७, विकास बैंक-१८,फाइनान्स-२०, कुल-६५
कर्जा रकम दश लाखमा : वाणिज्य बैंक-१५७२८९, विकास बैंक-१५०५३, फाइनान्स-३६३२ कुल कर्जा-१७५९७५
प्रतिक्रिया