शनिबार, वैशाख १५, २०८१

सामसङ प्रयोगकर्ताका लागि खुसीको खबर, सामसङ ग्यालेक्सी जेड फोल्ड थ्री अगस्तमा सार्वजनिक हुँदै

नेपालखोज २०७८ जेठ २० गते २०:०३

काठमाडौं । सामसङ प्रयोगकर्ताका लागि अर्को खुसीको खबर आएको छ । सामसङको नयाँ फोल्डेवल फोन ग्यालेक्सी ‘जेड फोल्ड थ्री’ आउँदो अगस्टमा सार्वजनिक हुने अनुमान गरिएको छ । त्यसका लागि कम्पनीले यो मोडलको मास प्रडक्सन सुरु गरेको छ ।

यो फोल्डेवल फोनको मूल्य ग्यालेक्सी सिरिजका अन्य फोनको तुलनामा उच्च रहने छ । तर, पनि कम्पनीले ग्यालेक्सी जेड फोल्ड थ्री पूर्ववर्ती ग्यालेक्सी जेड फोल्ड टुको तुलनामा धेरै बिक्री गर्ने योजना ल्याएको छ ।

कम्पनीको लक्ष्य सामसङ ग्यालेक्सी जेड फोल्ड थ्री ३० लाख युनिट बिक्रि गर्नु रहेको छ । भने, ग्यालेक्सी ‘जेड फ्लिप थ्री’ ४० लाख बिक्री गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया