वाग्मती प्रदेशसभा सचिवालयमा प्रदेश उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दर्ता
नेपालखोज
२०७८ जेठ २० गते २०:३२

काठमाडौं । बागमती प्रदेशसभा सचिवालयमा प्रदेश उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दर्ता भएको छ । आज बागमती प्रदेशकी सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले विधेयक प्रदेशसभा सचिवालयमा दर्ता गराएकी हुन् ।
यो विधेयक सरकारी विधेयकको रुपमा ६२ नम्बरमा दर्ता भएको बागमती प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले बताए । अब यो विधेयक ५ दिनपछि संसदमा टेबुल हुने र आवश्यक छलफलबाट पास भएपछि ऐन बन्नेछ ।
प्रदेश सरकारले संचालन गर्ने आफ्नै विश्वविद्यालयको व्यवस्थापन र अन्य संस्थाले विश्वविद्यालय संचालन गर्न चाहेमा बोर्ड गठन गरी त्यही बोर्डको निर्णयअनुसार मुनाफारहित शैक्षिक गतिविधि संचालन गर्न पाउने व्यवस्था विधेयकमा गरिएको छ ।
सम्बन्धित

प्रतिक्रिया