प्रचण्ड भन्छन्- मानवले मानवमाथि गर्ने छुवाछुत तथा भेदभाव अन्त्य गराैं
नेपालखोज
२०७८ जेठ २१ गते १०:३१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मानवले मानवमाथि गर्ने छुवाछुत तथा भेदभाव २१औं शताब्दीकाे मानवीय समुदायकाे लागि लाजमर्दाे विषय भएकाे जनाएका छन् ।
जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले सामन्ती राज्य व्यवस्थाविरुद्धको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धी गुम्दै जाने खतरा पैदा भएको बताएका हुन् ।
उनले प्राप्त उपलब्धी गुम्दै जाने खतरा भएको पनि बताएका छन् । उनले आजको विकसित दुनियाँमा पनि जातीय भेदभाव र दलित समुदायमाथिका विभिन्न प्रकारबाट हिंसा भइरहेको बताए ।
उनले संविधान र कानूनमा भएको व्यवस्था मात्र कठोरतापूर्वक कार्यान्वयन गर्न सके पनि यसप्रकारका हिंसा न्यूनीकरण हुने र उत्पीडित समुदायहरुले न्यायको अनुभूति गर्न सक्ने बताएका छन् ।

सम्बन्धित

प्रतिक्रिया