पूर्वमन्त्री बास्कोटा भन्छन्- देशभित्र उपलब्ध स्रोतसाधनलाई बेचेर नै लाभ लिने हाे

नेपालखोज २०७८ जेठ २१ गते ११:५७

काठमाडौं । पूर्व सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले देशभित्र उपलब्ध साधनस्रोतलाई बेचेर नै लाभ लिनुपर्ने बताए । उनले ढुंगा, बालुवा, गिट्टी उत्खननका विषयमा आएका प्रतिक्रियाको टिप्पणी गर्दै यस्ताे बताएका हुन् ।

सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै पूर्वमन्त्री बास्कोटाले विभिन्न मुलुकले आफ्नो देशमा भएका खनिजजन्य पद्धार्थ बेचेर धनी भएको बताएका छन् । उनले नेपालले आफ्नो उपलब्ध साधनस्रोतलाई बेच्नु अनौठो नभएको तर्क गरेका छन् ।

वातावरणीय प्रभाव मूल्यांकन गरेर ढुंगा, बालुवा, गिट्टी उत्खनन गर्ने कुरा बजेटमा प्रष्ट उल्लेख भएपनि विरोधका लागि विरोध भइरहेको उनको टिप्पणी छ ।

उनले भनेका छन्, ‘पुल, सडक, भवन आदि बन्नु पर्ने तर निर्माण सामग्री उत्पादन हुन नमिल्ने ?’ उनले जंगल नटेक्नले नै चुरे दोहनलाई लिएर विरोध गरिरहेको भन्दै कटाक्षसमेत गरेका छन् । ‘किन बिरोधमा पापड पेलिरहेका होलान् ? जङ्गल नटेक्नेका कुरा’ उनले ट्वीटरमा लेखेका छन् ।

प्रतिक्रिया