आज पनि नियमावली संशोधनबारे कुनै निर्णय हुन सकेन
नेपालखोज
२०७८ जेठ २१ गते १५:४२

काठमाडौं । सर्वोच्च अदालतको ‘फुल कोर्ट’ अर्थात न्यायाधीशहरूको पूर्ण बैठक सम्पन्न भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सर्वोच्चका २० जना न्यायायाधीशसहित पूर्ण बैठक बोलाएर कोरोना महामारी र निषेधाज्ञामा खुम्चिएको सर्वोच्चको सेवालाई कसरी बढाउने भन्ने विषयमा छलफल गरेका हुन् ।
आजको बैठकमा संवैधानिक इजलासमा वरिष्ठ न्यायाधीशलाई राख्ने गरी नियमावली संशोधन गर्ने निर्णय हुने अनुमान गरिए पनि नियमावली संशोधनको बारेमा कुनै निर्णय भएको छैन् ।
प्रतिनिधि सभा विघटनका मुद्दामा वरिष्ठताका आधारमा नयाँ इजलास गठन गर्ने तर नियमावली नै संशोधनको कुनै निर्णय नभएको सर्वोच्चले जनाएको छ । बैठकले कोरोना महामारीको अवस्था कम नभएको भन्दै अहिले जस्तै गरेर मुद्दाको सुनुवाइ गर्ने पनि निर्णय गरेको छ ।
सम्बन्धित

प्रतिक्रिया