मंगलबार, जेठ १, २०८१

धवल पुरस्कारबाट साहित्यकार पन्थी र गैरे पुरस्कार

नेपालखोज २०७९ फागुन २८ गते ७:१४

पाल्पा । पाल्पाको तानसेनस्थित धवल पुस्तकालय प्रदान गर्दै आएको धवल दीर्घ साधना पुरस्कार वरिष्ठ साहित्यकार शशि पन्थी र धवल सिर्जना पुरस्कार कृष्ण उपन्यासका लेखक डा. शंकरप्रसाद गैरेलाई अर्पण गरिएको छ । पुरस्कारको राशी नगद २५ हजार रुपैयाँसहित सम्मानपत्र रहेको छ ।

सांसद ठाकुरप्रसाद गैरे, पुस्तकालयका अध्यक्ष युवराज पौडेल, महासचिव राजेशकुमार अर्याल लगायतले शनिवार आयोजित कार्यक्रममा संयुक्त रूपमा साहित्यकारद्वयलाई पुरस्कार प्रदान गरे । सो अवसरमा पुस्तकालयको उन्ननयमा अतुलनीय योगदान दिएका शिक्षाविद् बुद्धिप्रसाद शर्मा र पुस्तकालयमा कार्यरत द्वारिकाप्रसाद शर्मालाई प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको थियो ।

कार्यक्रममा सांसद गैरेले धवल पुस्तकालय नेपालकै पुरानै पुस्तकालय भएकाले युग सुहाउँदो रूपमा आधुनिकीकरण गर्दै पूर्णरूपमा ‘डिजिटल’ पुस्कालय निर्माण गर्न सबै पक्ष लाग्नुपर्नेमा जोड दिए । सो पुस्तकालयले विक्रम संवत् २०७७ सालदेखि ती पुरस्कार प्रदान गर्न शुरूआत गरेको थियो ।

सो वर्ष दीर्घसाधना पुरस्कारबाट साहित्यकार नीलकण्ठ न्यौपाने र सिर्जना पुरस्कारबाट निर्मलप्रसाद श्रेष्ठलाई प्रदान गरिएको थियो ।

प्रतिक्रिया