शुक्रबार, वैशाख ७, २०८१

मानिसको पनि कुनै जात हुन्छ र…?

कन्हैयासिंह परियार २०७८ जेठ २२ गते ११:५९

थर परिवर्तनले समस्याको समाधान हुँदैन । मन परिवर्तनले धेरैथोक हुन सक्छ…। भन्ने हो भने बाहुन, ठकुरी, क्षेत्री, जनजाति र उत्पीडन जातिलगायत सबैका आ-आफ्नो जातमा पनि धेरै थोरै भेदभाव कायम छ !

कथित् ठूलो जाति होस् वा सानो जाति, आफूभन्दा पहुँचमा कमजोर, पिछडिएको र दरिद्र भयो भने हेप्ने भेदभावपूर्ण व्यवहार गर्ने गरेको देखिन्छ हाम्रो यै समाजमा । चाहे त्यो परिवार, व्यक्ति आफ्नै जातको मान्छे नै किन नहोस् !

तर गाह्रो-साह्रो महाविपत्तिमा आखिर मानिसको मद्दत मानिसले नै गर्नुपर्दछ । यहाँ कुनै जात धर्म र समुदायले पनि रोक्न सक्दैन मानव धर्म निर्वाह गर्न ! मानिसका लागि आखिर मानिसनै सबथोक हो यहाँ, मानवजातिलाई परेको महासंकट र विपत्तिमा न त कृष्णले अवतार लिन्छन् न त जिससको जहाजनै यस धर्तीमा आउँछ !!

आखिरमा यत्तिबेला बन्द छन् सबै धार्मिक ढोकाहरु, खुला छन् त केवल मानव सेवाका मन र कर्मशील हातहरु..। कोरोनाको महामारीबाट विश्वमै मानव जातिलाई बचाउन !

सोंच बदलौं । मानिसलाई पर्दा केवल मानिस नै काम आउँछ, थर गोत्र आफ्नो पहिचान हुन सक्छ तर सबथोक हैन ! मानिसको जात केवल मानिस नै हो अरु कुनै उसको जात नै हुँदैन ! मानिस-मानिसबीच जातको पर्खाल लाउनेहरुलाई आदिम् युगका बाँदर.. मान्छे हुन नसकेका बाँदर भनेर सम्बोधन गर्दा फरक नपर्ला कि अब !!!

कन्हैयासिंह परियार

परियार गायक तथा संगीतकार हुन् ।

प्रतिक्रिया