शनिबार, वैशाख ८, २०८१

‘स्टार हस्पिटल पब्लिककै, व्यवस्थापन मात्र निजी’

नेपालखोज २०७८ जेठ २२ गते १९:४१

हाइलाइट्स

– स्टार हस्पिटल २०६३ सालतिरै दर्ता भएको हो ।
– ९ वर्ष जति बल्खु क्षेत्रमा ५० शय्यामा सञ्चालित थियो ।
– करिब ४ वर्ष अघिदेखि ५० शय्याबाट १०० मा अपग्रेड भएर यो हस्पिटल आफ्नै भवनमा सञ्चालित छ ।
– हेलिप्याडसहितको ठूलो भवन बनाइयो तर लगानी अभावले अनुभवी डाक्टरलाई फूल टाइम राख्न र इक्युप्मेन्ट राख्न सकिएको अवस्था थिएन । करिब दुई वर्षअघि ज्यापु समाज यल समूह भित्रिएपछि पब्लिक लिमिटेडमा दर्ता भएको थियो । अहिले झन् विस्तृत हुन गयो ।
– यो समूह भित्रिएपछि पुँजी बढ्यो र डाक्टर र इक्युप्मेन्ट अभाव समस्या समाधान हुँदै नयाँ व्यवस्थापनले गर्दा अहिले हस्पिटल पड्को मर्ने अवस्थामा छ ।
– स्टार हस्पिटल अहिले पब्लिक लिमिटेड कम्पनीका रुपमा दर्ता भएको छ ।
– अस्पतालमा करिब तीन हजार सात सय सेयर हेल्डर छन् ।
– यसलाई पूर्ण रुपमा निजी भन्न मिल्दैन । यो अस्पताल पब्लिककै हो । व्यवस्थापन मात्र निजी हो ।
– कोभिडका नआइदिएको भए अस्पताल गत वर्ष नै केही अघि बढ्ने थियो । तर कोभिडकै कारण अस्पताल जनमानसमा परिचित भने भएको छ ।
– कोभिडका बेला पीसीआर जाँच गर्ने नेपालकै पहिलो निजी क्षेत्रको अस्पताल बन्यौं ।
– दोस्रो लहरको कोराना संक्रमणमा सुरुवाती लिनमा ७० प्रतिशतभन्दा बढी कोरोनाका विरामी हाम्रो अस्पतालमा थिए ।
– आईसीयूलगायत सबै कक्ष भरिएको अवस्था थिए । इमेरजेन्सीको पाँचवटा शय्यालाई २३ वटा पुर्‍याएका थियौं ।
– अहिले हामी तेस्रो लहरको सम्भावित कारोना संक्रमणका लागि तयारी अवस्थामा छौं ।
– सरकारले हिजो मात्र तेस्रो लहरको कोरोना बच्चाका लागि जोखिम हुन सक्ने भएकाले २० प्रतिशत शय्या बच्चाका लागि तयार गर्नू भनेर
निर्देशन दिएको छ, हामी त्यसैको तयारीमा छौं ।
– हामीले सबैखाले बिरामीको उपचार सेवा दिइरहेका छौं । विशेषगरी नसासम्बन्धी र हाड-जोर्नीसम्बन्धी रोगको बलियो टिम हामीसँग छ ।

यस्ता छन् स्टार अस्पतालका आगामी योजना !

– राम्रो लगानी गरेर नमुना जीआई सेन्टर खोल्ने कोभिड कारण केही ढिलो हुन गएको छ । तर छिटै निर्माण हुनेछ ।

– युरोलोजीमा अगाडि छौं । संसारकै लेटेस्ट इक्युप्मेन्टबाट हामीले सेवा दिँदै आएका छौं यसलाई अझ विस्तार गर्ने तयारी छ ।

– आईपीएस सेन्टर स्थापना गर्ने (आईपीस भनेको कृत्रिम गर्भाधारणको काम गर्ने) विदेशी पार्टीसँग जोइन भेन्चर गरेर कृत्रिम गर्भाधारणको
प्रोजेक्ट ल्याउँदै छौं । कोभिडकै कारण ढिलाइ भएको छ ।

– पैसा भएका तर छोराछोरी नभएका अथवा टाढा भएका वर्गका बूढाबूढीलाई स्वास्थ्य सेवा अथवा अन्य सेवा दिने बारेमा हामी योजना बनाइरहेका छौं ।

– अरु ४/५ थरीका नयाँ सेवाहरु पनि हामीले ल्याउन खोजिरहेका छौं ।

– स्टार हस्पिटल महँगो छ भन्ने जनमानसमा छ । यद्यपि यो अस्पताल महँगो होइन बरु महँगो अस्पतालले १०० मा दिने सेवा हामी ७० मै दिएका छौं ।

थप अन्तर्वार्ता सुन्नुहोस् :

प्रतिक्रिया