मंगलबार, जेठ १, २०८१

आत्महत्या गर्नबाट मानिसलाई जोगाउन सकिन्छ ? (भिडियोसहित)

नेपालखोज २०७८ साउन २२ गते ९:०६

हाइलाइट्स :

-आत्महत्याबाट मानिसलाई जोगाउन सक्ने भएकाले नै अहिलेको समयमा म यसबारे निकै चर्चा गर्दै आएको छु ।
-आत्महत्या गर्ने सोचाइ राखेका लगभग ९९ प्रतिशतले आफूलाई आत्महत्या गर्ने अभिव्यक्ति दिन्छन् ।
-हाम्रो समाजमा आत्माहत्या गर्नेले भनिराख्दैन गरिहाल्छ भन्ने गरिन्छ । ध्यानाकर्षणका लागि आत्महत्या गर्छु भनेर अभिव्यक्ति दिने चलन छ ।
-अधिकांश आत्महत्या गर्न चाहनेले व्यक्त गर्ने भएको कारणले सर्वप्रथम परिवारलाई थाहा हुन्छ । अर्को उसको नजिकमा भएको साथीभाइले थाहा पाउने गर्छ ।
-कसैले आत्महत्या गर्छु भन्यो भने हामीले खुलेर कुरा गर्न सक्छौं । किन के कारणले यस्तो भएको । म छु के समस्या छ । म तिम्रो साथमा छु । म तिमीलाई सहयोग गर्न सक्छु भन्ने किसिमको अभिव्यक्तिले उसमा आशा पलाउन सक्छ ।
-आत्महत्याको जतिसुकै गम्भीर सोचाइ भए पनि सानो आशाको कुरा देख्छन् भने उनीहरूले आत्माहत्याको सोचाइ त्याग गर्न सक्छन् । त्यो आशा जगाउने काममा परिवार र साथीको ठूलो हात हुन्छ ।

प्रतिक्रिया