शुक्रबार, वैशाख १४, २०८१

कोरोना महामारीमा समास्यामा परेका कलाकारका लागि ‘दुःख बाँडेर बाच्ने’अभियान सुरु (तस्बिरसहित)

नेपालखोज २०७८ जेठ २३ गते १७:३४

काठमाडौं । कोरोना महामारीको समयमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल र उपत्यका समन्वय समितिले ‘दुःख बाडेर बाच्ने’ अभियान आजबाट शुरु गरेको छ ।

समस्यामा परेका सम्पुर्ण कलाकारहरुलाई सम्पर्कमा आउन गायक प्रकाश सपुतले आग्रह गरेका छन् । हालसम्म ५ सय कलाकारले नाम दर्ता गराइसकेको र आज केहीलाई राहत वितरण गरिएको गायक सपुतले आफ्नो फेसबुकमार्फत जानकारी गराएका छन् ।

आज वितरण गरिएको राहत सामग्री पृथ्वी थकालीले सहयोग गरेको र आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने वचन दिएको गायक सपुतले बताएका छन् ।

प्रतिक्रिया