बुधबार, असार ११, २०८२

बजेट सकारात्मक छ : शेखर गोल्छा

नेपालखोज २०७८ जेठ २४ गते १०:३४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले जेठ १५ मा ल्याएको बजेट सकारात्मक भएको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आज भर्चुअल माध्यमबाट गरेको बजेट कार्यान्वयन र चुनौती विषयक अन्तर्क्रियामा उनले भने, ‘समग्रमा बजेट सकारात्मक छ । जिल्लाका साथीहरुले बजेटबाट सन्तोष व्यक्त गरेका छन् ।’

उनले बजेटमा निजी क्षेत्रको आकांक्षा धेरै रहे पनि अलिअलि सम्बोधन भएकाले सन्तोष गर्ने ठाउँ रहेको बताए । ‘बजेटमा निजी क्षेत्रको आकांक्षा धेरै थियो, अलिअलि सम्बोधन भने भएको छ,’ उनले भने, ‘हामीले पनि बजेट आउनुअघि सरकारसँग माग गरेका थियौं । समग्रमा सन्तोष गर्ने बजेट आयो ।’

प्रतिक्रिया