शुक्रबार, जेठ ४, २०८१

जर्मन सरकारले नेपाललाई पठाएको स्वास्थ्य सामग्री आइपुग्याे

नेपालखोज २०७८ जेठ २५ गते १२:३९

काठमाडाैं । कोरोना महामारी नियन्त्रणका लागि जर्मन सरकारले नेपाललाई पठाएको स्वास्थ्य सामग्री आइपुगेको छ ।

नेपालका लागि जर्मनीका राजदूत रोनाल्ड स्याफरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ६२ थान भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

जर्मनीले उपलब्ध गराएको भेन्टिलेटरसहित आइसोलेसन टेन्ट, ३० हजार सर्जिकल मास्क, २७ हजार पाँच सय केएन नाइन्टी फाइभ मास्क, २५ हजार लिटर ह्यान्ड स्यानिटाइजर लगायत रहेकाे जनाइएकाे छ ।

प्रतिक्रिया