मंगलबार, जेठ ७, २०८२

बौद्धस्थित नयाँबस्तीमा बोरामा भेटिएको मानव अंगको प्रहरीले डीएनए परीक्षण गराउने

नेपालखोज २०७८ जेठ २५ गते १६:००

काठमाडाैं । बोरामा पोको पारेर फ्याकिएको अवस्थामा भेटिएको मानव अंगको प्रहरीले डीएनए परीक्षण गराउने तयारी गरेको छ ।

काठमाडौँको बौद्धस्थित नयाँबस्तीमा भेटिएकाे मानव अंगको महानगरीय प्रहरी परिसर काठमाडौंले उक्त अंग पुरुष वा महिला कसको हो भन्ने खुल्न नसकेकाले लिंग पहिचानका लागि डीएनए परीक्षण गराउने तयारी गरेको जनाउकाे छ ।

परिसर प्रमुख एसएसपी अशोक सिंहले भने, ‘मानिसको खुट्टा मात्र भेटिएकाले महिला वा पुरुष छुट्टयाउनसमेत कठिन भएकाले हामीले पहिचान गर्न डीएनए परीक्षण गर्ने तयारी गरेका छौँ ।’

प्रतिक्रिया