मंगलबार, वैशाख ४, २०८१

‘केपी ओलीले संविधान नबुझेको हो कि पेलेर गएको हो ?’

नेपालखोज २०७८ जेठ २६ गते १८:४८

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता दीपक गिरी राजनीतिक वृत्तमा चर्चित नाम हो । पूर्वसांसद तथा पूर्वमन्त्रीसमेत रहेका गिरीसँग वर्तमान राजनीतिक विषय तथा विविध विषयमा कुराकानी गरिएको छ । कांग्रेस नेता गिरीले प्रजातन्त्र, कांग्रेसको राजनीतिक, वर्तमान सरकार तथा अहिलेको अवस्थामा नेपालखोजका प्रधान सम्पादक सुवास ढकालले गरेको कुराकानी प्रस्तुत गर्दै छौं ।

कुराकानीका हाइलाइट्स :

– म उतिबेलाको राम्रो परिवारमा हुर्किएको व्यक्ति हो सबै कुरा पुगेको थियो । खासमा हृदयबाट पञ्चायती प्रशासक भनेको तानशाही भन्ने लागेर विशुद्ध लोकतन्त्र ल्याउन लागेको हो । लोकतन्त्र आएपछि सबैकुरा ठीक हुन्छ भन्ने हाम्रो सोचाइ थियो । त्यसैले पटक–पटक लोकतन्त्रिक आन्दोलनमा होमिइयो । अझै पनि लोकतन्त्रकै लागि लडिरहेका छौं । अब त हिजोको दिनमा भन्दा स्प्रिट कम भइसक्यो कि जस्तो लाग्छ ।
– माओवादीको कथाकथित आन्दोलन भन्नेले जनआन्दोलन भन्छ । कम्युनिस्टहरूले अहिले लाज पनि मान्नुपर्ने हो । किन कि त्यो कहाँबाट निर्देशित रहेछ सबैलाई थाहा छ ।
– संविधान सबैलाई चित्त बुझ्दो त हुन्न । यो जनताको भावना अनुसार परिवर्तनशील हुन्छ । त्यो भएन ।
– केपी ओली दुःख गरेर नेतृत्वमा आएको मान्छे भन्ने मेरो व्यक्तिगत विचार थियो तर उहाँ जनतालाई पो झुक्याउन सफल हुनुभयो । यतिसम्म कि नाकाबन्दीमा उहाँले देखाएको राष्ट्रवादसम्म उदांगो भएर आयो ।
– अब नेपाली कांग्रेस जनताको समस्यालगायत अन्तर्राष्ट्रिय दौत्य सम्बन्ध राम्रो राखेर छिमेकी मुलकहरुसँग राम्रो सम्बन्ध बनाउन अग्रसर हुनुपर्छ ।
– दुईतिहाइको सरकारको नेतृत्व गरिरहेकाले नै संविधानलाई समाप्त पार्न लागेपछि विपक्षमा रहेको कांग्रेसले पाँचदलीय मोर्चा बनाएको हो । लोकतन्त्र र लोकतान्त्रिक संविधानको रक्षाका लागि कांग्रेस पहिला विचार नमिल्ने पार्टीहरुसँग मिलेर भए पनि गोलबद्ध छ । बन्दुकले जनता तर्साएर सत्तामा आएका विगत नराम्रा भएका पार्टीसँग हामी गोलबद्ध भएका छौ ।
– कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले र संविधानको रक्षा गर्नुपर्ने भएकाले बाध्यतामा छौं मिल्न गएका छौं । त्यो हाम्रो बाध्यता हो ।
– सरकारका विरुद्धमा कांग्रेस कडा रुपमा प्रस्तुत हुन नसकेको होइन । नेकपा विघटन भएपछि माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिन ढिला गर्‍यो । हामीसँग थोरै सिट भएको कारण अरु पार्टीहरुलाई कन्भिन्स गर्दै थियौं । राष्ट्रपतिको मिलेमतोमा पनि अलिकति जालझेल भयो ।
– प्रधानमन्त्रीको नौटंकी माधव नेपालजीको जरुरत परे एउटा विज्ञप्ति नपरे अर्कै विज्ञप्ति निकाल्नुहुन्छ । चुच्चे नक्साको सुरुवात गर्नुभयो प्रकाशन गर्न दिनु भएन अहिले लथालिंग छ । देशभक्ति बन्न थापाथलीमा ठूलो झन्डा ओलीले टाँग्नुभयो ।
– प्रधानमन्त्रीले यो २/३ वर्षमा छलकपट, जनता ढाँट्नेबाहेक अरु केही गर्नु भएको छैन ।
– राष्ट्रपति राष्ट्रपति नभएर एमाले क्याडर हुनुभएको छ । प्रधानमन्त्रीको गलत काममा साथ दिएर संविधान असफल बनाउन लागिरहनु भएको छ ।
– अदालतलाई हामीले निष्पक्ष बनाउन सकेनौं । त्यहीकारण भ्रष्टाचारका ठूला केसहरु पनि नाटकीय ढंगबाट सल्टिन्छन् ।

पूरा भिडियो हेर्नुहोस् :

प्रतिक्रिया