शुक्रबार, वैशाख १४, २०८१

‘महिलाका लागि पत्रकारिता उपयुक्त तर चुनौती धेरै, गर्न सके नाम-दाम दुवै’

नेपालखोज २०७९ वैशाख २८ गते १२:३१

समयको परिवर्तनसँगै महिलाहरू चुलोचौकोमै सीमित हुनुपर्छ भन्ने नेपाली सोचाइमा परिवर्तन आएको छ । केही समयअघि सक्षम हुँदाहुँदै पनि अवसर र परिवार तथा समाजबाट साथ पाउन नसक्दा महिलाहरू चुलोचौकोमै सीमित हुने गरेका थिए । पछिल्लो समय भने महिलाले परिवार सम्हाल्नेदेखि बाहिरी काम पनि गर्न सक्छन् भन्ने भावनाको विकास हुन थालेको छ । धेरै महिलाहरूले त्यो प्रमाणित पनि गरिदिएका छन् । महिलाले नेतृत्व लिएका क्षेत्रहरूमा उनीहरूले सफलता हात पारेका उदाहरण हाम्रो समाजमा थुप्रै छन् ।
त्यसकै सकारात्मक प्रभाव भन्नुपर्छ पहिलेको तुलनामा अहिले जुनसुकै क्षेत्रमा महिलाको सहभागिता पनि पुरुषसरह देख्न पाइन्छ । सामान्य व्यापार व्यवसाय गर्ने, टेम्पो चलाउनेदेखि लिएर ठूलाठूला व्यावसायिक क्षेत्रमा समेत महिलाको उपस्थिति राम्रै छ अहिले । ढिलै भए पनि महिला-पुरुषको सहभागिता हरेक क्षेत्रमा समाज हुनुपर्छ भन्ने भावनाको विकास हुँदै गएको छ । समय र राजनीतिक परिवर्तनसँगै महिलाको क्षेत्रमा विस्तारै विकास पनि हुँदै गएको पाइन्छ । तर जुन किसिमले विभिन्न क्षेत्रमा महिलाको पहुँच पुग्नुपर्ने हो, त्यो अझै हुन भने सकेको छैन । संविधानले हरेक क्षेत्रमा ३३ प्रतिशत महिला अधिकारको सुनिश्चित गरे पनि त्यो पूरा हुने क्रममै छ ।
यसर्थ, महिलाको क्षेत्रमा भएका काम तथा अधिकारका सम्बन्धमा समाजलाई चेतना दिने उद्देश्यले हामीले ‘नेपालखोजमा नारी’ कार्यक्रमको सुरुवात गरेका छौं । ‘नेपालखोजमा नारी’ कार्यक्रममा हामीले महिलाहरूले समाजमा पुर्याएको योगदानका विषयमा चर्चा-परिचर्चा गर्ने गर्छौं । यो कार्यक्रम नेपालखोज आइनलाइन टीभीनेपालखोज डटकममा एकसाथ पढ्न र हेर्न सकिन्छ । ‘नेपालखोजमा नारी’ को आजको अंकमा पत्रकारिता क्षेत्रमा आबद्ध महिलाहरूको अवस्था, जटिलता तथा भोग्नुपरेका चुनौतीका विषयमा विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा आबद्ध मेनुका कार्कीसँग मीरा साउँदले कुराकानी गरेकी छन् । प्रस्तुत छ नेपाल आर्थिक पत्रकार संघ (नाफिज) की उपाध्यक्षसमेत रहेकी पत्रकार कार्कीसँग गरिएको कुराकानी :

हाइलाइटस :
-काम गर्दाखेर जुनसुकै क्षेत्रमा पनि लैंगिक असमानता देख्नु हुँदैन । बराबर सम्झेर गर्नुपर्छ । हामी सबै समान हौं ।
-पुरुषले पनि आफ्नो दायित्व सम्झियो भने घरमा पनि उसको जिम्मेवारी त्यति नै हुन सक्छ । आफ्नो पेसामा पनि ऊ त्यत्तिकै भिज्न सक्नुपर्छ भन्ने मलाई लाग्छ ।
-अझै पनि हाम्रो समाजमा रहेको पितृसतात्मक सोचाइ छ, त्यसले हामी २१औं शताब्दीसम्म आइपुग्दा पनि हामीले भने अनि सोचेको जस्तो परिवर्तनहरू आइसकेका छैनन् ।
-महिलाले पेसालाई अगाडि बढाउन सक्दैनन् भन्ने हुँदैन । त्यो समयको व्यवस्थापन हो भन्छु म । समयको व्यवस्थापन गर्न सक्यौं भने हामीले जुनसुकै काम पनि गर्न सक्छौं ।
-पत्रकारिता क्षेत्र मात्रै होइन जुनसुकै क्षेत्रमा पनि चुनौती त्यत्तिकै हुन्छ । हामीले समय मिलाएर काम गर्न सक्नुपर्छ त्यो सकेनौं भने लथालिंग भताभुंग नै हुन्छ ।
-पहिले पत्रकारिता क्षेत्रमा त्यति धेरै आकर्षण थिएन अहिले भने यो क्षेत्रमा महिलाहरूको आकर्षण बढ्दो छ ।
-पत्रकारिता पेसा गर्न सहज त छैन तर, आएर गर्न सकियो भने सन्तुष्ट पनि त्यत्ति नै प्राप्त गर्न सकिन्छ । पेसा हामीले आफू सन्तुष्ट हुने, आफू रमाउने खालको गर्नुपर्छ ।
-पत्रकारिता महिलाहरूका लागि होइन भन्ने त म मान्दै मान्दिनँ । मैले पनि यही क्षेत्रमा दुई दशक संघर्ष गरिसकें । सहज छैन तर, पत्रकारिता महिलाका लागि अझ हो भन्छु म त । गर्न सक्यो भने नाम दाम दुवै छ ।

‘नेपालखोजमा नारी’ का अघिल्ला अंकहरू पढ्न छुटाएको भए हेर्नुहोस् ।

‘महिनावारीका बेला हिमाल आरोहण गर्न झनै गाह्रो’

‘महिलाका लागि उपयुक्त प्लेटफर्म सेयर बजार’

पत्रकारितामा महिला : दायित्व दोहोरो, आकर्षण कम

‘संघर्ष र आत्मबल छ भने व्यावसायिक क्षेत्रमा फड्को मार्न सकिन्छ’

‘समयमै उपचार गरे मनोरोग अवश्य निको हुन्छ’

देशभरका महिलालाई तालिम दिने रेखाको सपना

‘भारतीय फेसन ट्रेन्ड रुचाउँछन् नेपाली’

‘सानोमम्मीले टेम्पो चलाएको देख्दा मलाई पनि रहर जाग्यो’

‘पर्यटन क्षेत्रमा ६० प्रतिशतको रोजगारी गुम्यो, ८० प्रतिशतले तलबै पाएनन्’

‘व्यवसाय सुरु गर्नु गाह्रो होइन, निरन्तरता दिनु नै प्रमुख कुरा हो’

‘महिनावारीको विभेद सबै जात, धर्म, भाषा, संस्कृति र भूगोलमा छ’

प्रतिक्रिया