बिहीबार, वैशाख १३, २०८१

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

नेपालखोज २०७८ जेठ ३० गते २०:०४

कैलाली । सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री त्रिलोचन भट्टले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिएपछि कार्यक्रम बहुमतले पारित भएको हो ।

नेकपा माओवादी केन्द्र र नेकपा एमालेको माधव पक्षका बहुमत प्रदेशसभा सदस्यहरुले नीति तथा कार्यक्रमको समर्थन गरेपछि सभामुख अर्जुनबहादुर थापाले प्रदेशसभाबाट पारित भएको घोषणा गरे ।

प्रदेश सरकारले असार १ गते अपराह्न ४ बजे बस्ने प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्षको बजेट ल्याउने भएको छ ।

प्रतिक्रिया