युरो कप : इङ्ल्यान्डको विजयी सुरुवात, क्रोएसिया १-० ले हार्यो
नेपालखोज
२०७८ जेठ ३० गते २१:५०

काठमाडौं । युरो कप फुटबलमा आज भएको पहिलो खेलमा इङ्ल्यान्डले क्रोएशियालाई हराएको छ । लन्डनको वेम्बली स्टेडियममा भएको खेलमा इङ्ल्यान्डले क्रोएशियालाई एक–शून्यले हराएको हो ।
समूह ुडीु मा रहेका दुवै टोलीले पहिलो हाफ बराबरी खेलेका हुन् । खेलको ५७ औँ मिनेटमा इङ्ल्यान्डका रहीम स्टर्लिङले गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यही गोल इङ्ल्यान्डका लागि निर्णायक बन्न पुग्यो ।
त्यस्तै युरो कपमा आजै बेलुका पौने १० बजे समूह ‘सी’ मा रहेका अस्ट्रिया र नर्थ म्यासेडोनिया खेल्दै छन् । त्यसैगरी राति समूह ुसीु मा रहेका नेदरल्यान्ड्स र युक्रेन पनि खेल्दै छन् । खेल राति पौने १ बजे हुनेछ । आज सबै टोली पहिलो जितको खोजीमा हुने छन् ।
सम्बन्धित
प्रतिक्रिया