आइतबार, वैशाख २८, २०८२

कोरोना नियन्त्रण गर्न निर्णायक कदम चाल्न दलहरूलाई एम्नेस्टीको आह्वान

नेपालखोज २०७८ जेठ ३१ गते १४:३०

काठमाडौं । एम्नेस्टी इन्टरनेशनले कोरोना महामारी नियन्त्रण गर्न निर्णायक कदम चाल्न दलहरूलाई आह्वान गरेको छ । एम्नेस्टीले कोरोना महामारीको दोस्रो लहर सामना गर्नुपरेको अवस्थामा दलहरूले मतभेद हटाएर आउँदो हप्ताहरूमा निर्णायक कदम चाल्नुपर्नेमा जोड दिएको हो ।

साथै एम्नेस्टीले नेपालमा महामारीको जोखिम कायमै रहेकाले अक्सिजन, खोप र अत्यावश्यक मेडिकल सामग्रीका लागि अन्तर्राष्ट्रिय समुदायलाई थप सहयोग उपलब्ध गराउन पनि आह्वान गरेको छ ।

अक्सिजन, सघन उपचार कक्ष, व्यक्तिगत सुरक्षात्मक उपकरण र खोपको चरम अभावमा नेपालको स्वास्थ्य संरचना अहिलेकै सङ्क्रमण भारले कमजोर बन्न पुगेका एम्नेस्टीको ठहर छ ।

गएको पाँच महिनामा दुई पटकसम्म देशको संसद् विघटन गर्ने गरी नेताहरू आन्तरिक कलहमा सामेल भइरहेका बेला कोरोना व्यापक फैलिएको एम्नेस्टीले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया