बिहीबार, चैत १५, २०८०

‘आमा’ की नायिका भुवन चन्दलाई ‘ह्‌याप्पी बर्थ डे’

नेपालखोज २०७८ असार १ गते १७:४५

काठमाडौं । पहिलो नेपाली फिल्म ‘आमा’ की नायिका भुवन चन्दको आज जन्मदिन । २००६ असार १ गते काठमाडौंको धोबीचौरमा जन्मिएकी चन्दले नेपाली चलचित्रजगत्‌की पहिलो नायिका पनि हुन् ।

२०२२ असोज ५ गते प्रदर्शनमा आएको चलचित्र ‘आमा’ मा अभिनय गर्दा उनि १५ वर्षकी थिइन् । पहिलो चलचित्रको अभिनयमा अब्बल ठहरिएकी नायिका चन्द विसं २०१८-२०१९ मा गीत पनि गाउँथिन् ।

उनका हिजो, आज, भोलि (सन् १९७६), मनको बाँध (१९७३), सिन्दूर(१९८०), जीवन रेखा, के घर के डेरा (१९८७), पच्चीस वसन्त (१९८८) र शान्तिदीप (१९८९) लगायत चलचित्र चर्चित छन् ।

अभिनयका साथै चन्दले चलचित्र निर्माण पनि गरेकी छन् । गत वर्ष मात्रै प्रदर्शनमा आएको ‘साइनो’ पनि उनैले निर्माण गरेको चलचित्र हो ।

चार वर्षको प्रेम सम्बन्धपछि उनले हरिश चन्द वैवाहिक जीवन सुरु गरेकी हुन् । आज परेको आफ्नो जन्मदिन उनले घरमै आफन्तका साथ मनाउने तयारीमा छिन् । प्रथम नायिका चन्दलाई नेपालखोजका तर्फबाट जन्मदिनको धेरैधेरै शुभकामना !

प्रतिक्रिया