तत्काल उद्धार एवं राहतमा जुट्न सभामुखको आग्रह

नेपालखोज २०७८ असार २ गते ९:४६

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले विपत्तिबाट प्रभावित नागरिकको तत्काल उद्धार एवं राहतमा जुट्न सबैमा अपिल गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले यस्तो अपिल गरेका हुन् ।

‘सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा हिजो साँझदेखि लगातार आइरहेको भीषण बाढीका कारण तटीय क्षेत्रमा भएको अपूरणीय मानवीय र भौतिक क्षतिको खबरले स्तब्ध भएको छु ।’ उनले लेखेका छन् ।

सभामुख सापकोटा सिन्धुपाल्चोककाट जननिर्वाचित प्रतिनिधि हुन्।

प्रतिक्रिया