सरकारले भन्यो- बाढीपहिरोको जोखिमसँगै कोभिड-१९ संक्रमण सम्बन्धि समस्या बढ्न सक्छ सजग रहनु होला
नेपालखोज
२०७८ असार ३ गते २०:५५

काठमाडौं । सरकारले बाढी र पहिरोको जोखिमसँगै कोभिड–१९ सङ्क्रमणलगायत पानीजन्य रोगहरू बढ्न सक्ने रहेकाले सचेत रहन आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै केही दिनदेखि परिरहेको वर्षाका कारण धेरै बाढी र पहिरो जाँदा पानीका मुहान दूषित हुने र सरसफाइसम्बन्धी जनस्वास्थ्यका समस्याहरु बढ्न सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ ।
बाढी र पहिरोको जोखिमसँगै कोभिड–१९ सङ्क्रमण, पानीजन्य तथा लामखुट्टेको टोकाइका कारण लाग्ने रोगको जोखिम बढेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै उद्धार, राहत आदि कार्यहरूमा जुट्दा कोभिड–१९ को सङ्क्रमणबाट बच्न जनस्वास्थ्यका मापदण्डको ख्याल गर्न र सफा पिउने पानीको प्रबन्ध गर्न, उपयुक्त गाँस र बासको प्रबन्धसँगै, सरसफाइमा ध्यान दिन पनि अनुरोध गरिएको छ ।

सम्बन्धित
प्रतिक्रिया