शनिबार, जेठ ५, २०८१

‘दूरसञ्चारको टेक्नोलोजीमा हामी अरु विकसित देशसरह छौं’

नेपालखोज २०७८ असार ४ गते ८:३४

नेपालमा साइबरको क्षेत्रमा धेरै काम गर्न बाँकी छ । सबैभन्दा ठूलो कुरा डाटा सेक्युरिटी हो । यससँग सम्बन्धित ऐन को आवश्यकता छ ।

आफ्नै स्याटेलाइट भए राज्यको सुरक्षा र राजनीतिक हिसाबले संवेदनशील अंगका गोप्य राख्नुपर्ने कुराकानी, इमेलका डाटाहरु राज्यबाहिर जान पाउँदैन ।

स्याटेलाइट भनेको अत्याधुनिक प्रविधि हो । स्याटेलाइटबापत् हामीले बर्सेनि ३ देखि ४ अर्ब रुपैयाँ विदेशीलाई तिरिरहेका छौं । नेपालमा स्याटेलाइट राख्दा मेरो अनुमानमा २०-२२ अर्ब खर्च लाग्छ । त्यसले १८ वर्ष काम गर्छ । राज्यको खर्च ५० अर्ब छ तर २०/२२ अर्बमा हामीले स्याटेलाइट किन्न सक्छौं । रकमका हिसाबले धेरै सस्तो पर्छ ।

‘८५ प्रतिशत नेपालीमा अत्याधुनिक मोबाइल र इन्टरनेट सेवा पुगेको छ’

अहिले नेपाल दूरसञ्चार प्राधिकरणको नेतृत्व पुरुषोत्तम खनालले सम्हालिरहेका छन् । अध्यक्ष खनालसँग नेपालमा फाइभ जीको परीक्षण, नयाँ दूरसञ्चार कम्पनीलाई लाइसेन्स दिने, नेपालको आफ्नै स्याटेलाइट जडान, प्राधिकरणबाट जनताले लिएका लाभलगायत विषयमा नेपालखोजले विशेष कुराकानी गरेको छ ।

हाइलाइट्स :

– अहिले हामी विश्वका विकसित राष्ट्रहरुले अपनाएका फोर जी प्रविधि अपनाइरहेका छौं । हामीले नयाँ प्रविधि प्रयोग गरिरहेका छौं र फाइभ जीको परिक्षणको तयारीमा छौं ।
– दूरसञ्चारको टेक्नोलोजीमा हामी अरु विकसित देशसरह नै उभिएका छौं ।
– हाम्रो देशमा जीओ पोलिटिक्स अथवा जिओग्राफिको कारण उच्च हिमाली क्षेत्र र पहाडी क्षेत्रमा दूर सञ्चारको पूर्वाधार पुर्‍याउन अन्य पूर्वाधारले त्यति सहयोग नगरेको अवस्थामा छ । जस्तै विद्युत्, सडक ।
– समग्रमा ८५ प्रतिशत नागरिकमा अत्याधुनिक मोबाइल सेवा, इन्टरनेट सेवाको पहुँच पुगेको अवस्था छ ।

दूरसञ्चारबाट जनाताले लिएको प्रत्यक्ष लाभ :

– १० वर्षपछाडि हेर्दा एकदिनको बाटो हिँडेर एकरात होटेलमा बास बसेर फोन गर्नुपर्ने स्थिति थियो । अहिले त्यो अवस्था कहीँ पनि छैन ।
– पहिले एसएलसीको रिजल्ट दुर्गम ठाउँका मानिसले साता दिनपछि गोरखापत्र या कुनै माध्ययमाबाट थाहा पाउँथे । अहिले जुन तहको रिजल्ट पनि काठमाडौंका मानिसले जुन दिन समय हेर्न सक्छन् दुर्गम ठाउँको मानिसले पनि त्यही समयमा थाहा पाउँछन् ।
– ग्रामीण र सहरी क्षेत्रको विभेद हटेको छ ।
– सुचना प्रविधि अथवा दूरसञ्चारको विकासले हाम्रो समाजलाई डिजिटलाइजेसनतर्फ रुपान्तरण गर्न सकिन्छ ।
– यसले आर्थिक रुपान्तरणका लागि पनि योगदान पुर्‍याएको छ ।
– हामीले मध्य पहाडी लोकमार्ग हुँदै राज्यका सम्पूर्ण जिल्ला सदरमुकामसम्म अप्टिकल फाइबरको ब्याक बोन्ड पूर्वाधार पुर्‍याउने तयारीमा छौं । ब्याक बोन्ड पूर्वाधार निर्माण गरेपछि १०औं वर्षसम्म कुनै सेक्टरले दोहोरो लगानी गर्नु पर्दैन । स्कुल, बैंकिङ सेक्टर, आईटी सबै सेक्टरले सह-प्रयोग गर्न सक्नेछन् ।
– राज्यका सबै स्थानीय निकायहरु, तिनका वडा कार्यालयहरु, सामुदायिक स्वास्थ्य संस्थाहरु, हस्पिटलहरु, विद्यालय यी सबैलाई कनेक्ट गर्न ब्लडब्यान्ड इन्टरनेट सेवा पुर्‍याउने हिसाबले काम गरिरहेका छौं ।
– साइबर क्राइममा नेपालमा प्रहरीको क्षमता र पूर्वाधारमा कुनै शंका छैन । नेपाल प्रहरी क्यापेबल छ ।
– नेपालमा साइबरको क्षेत्रमा धेरै काम गर्न बाँकी छ । सबैभन्दा ठूलो कुरा डाटा सेक्युरिटी हो । यससँग सम्बन्धित ऐन को आवश्यकता छ ।
– स्याटेलाइट भनेको अत्याधुनिक प्रविधि हो । स्याटेलाइटबापत् हामीले बर्सेनि ३ देखि ४ अर्ब रुपैयाँ विदेशीलाई तिरिरहेका छौं । नेपालमा स्याटेलाइट राख्दा मेरो अनुमानमा २०-२२ अर्ब खर्च लाग्छ । त्यो स्याटेलाइटले १८ वर्ष काम गर्छ । भनेपछि राज्यको खर्च ५० अर्ब छ तर २०/२२ अर्बमा हामीले स्याटेलाइट किन्न सक्छौं । रकमका हिसाबले धेरै सस्तो पर्छ ।
– आफ्नै स्याटेलाइट भए राज्यको सुरक्षा र राजनीतिक हिसाबले संवेदनशील अंगका गोप्य राख्नुपर्ने कुराकानी, इमेलका डाटाहरु राज्यबाहिर जान पाउँदैन ।
– आफ्नै स्याटेलाइट भए हिमाली क्षेत्रमा हाई स्पिड इन्टरनेट पुर्‍याउन सक्छौं । विपत्‌मा जनतालाई प्रि-अलर्ट गर्न सक्छौं ।
– आफ्नो स्याटेलाइट भएपछि अहिले हाम्रो भूमिमा मात्र पहुँच छ भने भएपछि आकासमा पनि पहुँच हुन्छ । अन्तरिक्षमा पहुँच हुन्छ । अन्तरिक्षमा पहुँच हुने देशले मात्र मंगल ग्रहको पुग्ने सोच लिएका छन् ।
– डिजिटल नेपाल राज्यलाई डिजिटललाइजेसनामा रुपान्तरण गर्न नेपाल सरकारले अपनाएको एउटा पोलिसी हो । यसले नेपालमा परम्परागत तरिकाले फाइलबाट हुने कामहरु, हातले तोक ल्याएर हुनेकामहरु विद्युतीय अभिलेखमा लिपिबद्ध गर्छ । नागरिकले धेरै निकायमा धाएर गर्नुपर्ने काम एउटै निकायबाट एउटै एपबाट सेवा लिन पाउँछन् ।

डिजिटलाइजेसनका हिसाबले अब ५ वर्षमा नेपाल कता पुग्छ ?

– डिजिटललाइजेसनको हिसाबले अब ५ वर्षमा अबको पुस्ताले अहिलेको तुलनामा अनलाइन क्लस सहजै लिन्छन् ।
– एजुकेसनल सिस्टमहरु डिजिटलाइजेसन हुन्छन् । विद्यार्थीले गृहकार्य गरेको, कम्प्युटरअगाडि कति बस्यो त्यो कम्प्युटरले नै मोनिटरिङ गर्दछ । टिचर स्ट्यान्डबाई बस्नु पर्दैन ।
– विश्व परिवेशमा नेपाल अहिले जति साघुँरो छ त्योभन्दा झन् साँघुरो हुन्छ ।
– ५ वर्षमा सफ्टवेयरजन्य विकासमा नेपाल पनि अग्रणी स्थानमा आउँछ ।
– एक हजार स्कुलमा प्राधिकरणको सूचना प्रयोगशाला ल्याएको उद्देश्य दक्ष जनशक्ति उत्पादन हुने ठाउँ स्कुल हो र यसबाट डिजिटल साक्षरता बढाउनु हो ।
– दूरसञ्चारको क्षेत्रमा प्राइभेट सेक्टर निकै नै सक्षम छ । राज्यलाई सबैभन्दा बढी कर बुझाउने यही क्षेत्र हो र त्यसमा पनि निजी क्षेत्र छ ।
– हामीले सबै सेवा प्रदायकलाई समान व्यवहार गर्नुपर्ने हुन्छ ।
– टावर तारहरु अस्तव्यस्त छन् कारण अन्य पूर्वाधारहरु व्यवस्थित छैनन् । नेपाल युटिलिटी करिडोर एक्ट नभएको कारणले हो ।
– नेपालमा अहिलेसम्म फ्रिक्‍वेन्सी तोक-आदेशका भरमा दिइन्थ्यो । मैले ओपन प्रतिस्पर्धाबाट दिने व्यवस्था अपनाए यसले राज्यलाई ६२ प्रतिशतभन्दा बढी राजस्व फाइदा भयो ।
– नेपाल दूरसञ्चार प्राधिकरणको कुनै पनि कर्मचारी वर्षभर नै घरमा बसेर काम गर्न सक्ने व्यवस्था मैले बनाएको छु ।
– म सहरको सौन्दर्यमा कुरुप बनाउने तारको व्यवस्थापनमा पनि जुटेको छु ।
– एउटा तरबाट हुने कामलाई सबैले आ-आफ्नो तार तानेका छन् । यसमा सह-प्रयोग हुने बाध्यकारी व्यवस्था ल्याउने तयारी गरिरहेको छु ।
– सस्तो दरमा इन्टरसेवा जनतालाई उपलब्ध गराउने मेरो योजना छ ।

प्रतिक्रिया