शुक्रबार, वैशाख १४, २०८१

‘दि कपिल शर्मा शो’ पुनः प्रशारणमा आउँदै

नेपालखोज २०७८ असार ४ गते १८:०४

काठमाडौं । भारतीय टेलिभिजनको चर्चित कार्यक्रम ‘दि कपिल शर्मा शो’ आउँदो साउन महिनाको ६ गते अर्थात जुलाई २१ देखि पुनः प्रशारणमा आउँदैछ । महाराष्ट्रमा कोरोना संक्रमणको बढदो प्रकोप अनि दोस्रो पटकको लकडाउनको घोषणा पछि लोकप्रिय कार्यक्रम स्थगित गरिएको थियो ।

‘दि कपिल शर्मा शो’ को पर्खाइ भारतमा मात्र होईन हिन्दी भाषा बुझ्ने दक्षिण एशियाली क्षेत्रका साथै संसारभर गरिन्छ । यसबिच कमेडियन कृष्णा अभिषेकले आफ्नो इन्स्टाग्राममा एउटा यस्तो तस्वीर सेयर गरेका छन् जसबाट कपिल शर्मा आफ्नो टीमका साथ चाँडै सानो पर्दामा फर्कन लागेको अनुमान लगाउन सकिन्छ ।

कृष्णाले आफ्नो इन्स्टाग्राम स्टोरीमा सेयर गरेको उक्त तस्बिरमा उनका अतिरिक्त भारती सिंह र कीकू शरदा पनि देखिन्छन् । यो तस्बिरसँगै कृष्णाले लेखेका छन्- हामि चाडैं आउँदैछौं । हाम्रो पहिलो क्रिएटिव मिटिंङ । हामि निक्कै उत्साहित छौं। चाँडै नयाँ माल आउँदैछ ।

भनिन्छ अबको सिजनमा ‘दि कपिल शर्मा शो’ मा केहि परिवर्तन देखिनेछ भने यो शोमा कपिलका साथै भारती सिंह, कीकू शारदा, सुमोना चक्रवर्ती, चन्दन प्रभाकर तथा कृष्णा अभिषेक पुनः दोहोरिदै छन्। अब प्रशारणमा आउने शोमा लाइभ अडियन्स रहने / नरहने कुराको टुंगो लागिसकेको छैन् ।

यद्यपि अबको कार्यक्रममा केही परिवर्तन देख्न पाईनेछ भने केही नयाँ कुरा पनि कार्यक्रममा समावेश हुने बताईएको छ । यसका लागि शो को सेटलाई नयाँ ढंगले सजाईन लागेकोछ । ‘कपिल शर्मा शो’ को यो नयाँ सिजनमा केही नयाँ प्रतिभा पनि देखा पर्न सक्छन् । किनभने केही समय पहिले कपिल शर्माले आफ्नो ट्वीटर एकाउन्टमार्फत यो शो को नयाँ सिजनका लागि नयाँ कलाकार तथा लेखकहरुको खोजि गरिरहेको जानकारी दिएका थिए ।

प्रतिक्रिया