शुक्रबार, जेठ ४, २०८१

कहिलेकाहीँ जिन्दगीमा

किशाेर विश्वकर्मा २०७८ असार ५ गते ९:००

नजिक भएर पनि
टाढा भएजस्तो
टाढा भएर पनि
नजिक भएजस्तो
यस्ता धेरै नाताहरू
कहिलेकाँही सम्झिन मन लाग्छ
केही नभएर पनि
सबै थोक भएजस्तो
सबै थोक भएर पनि
केही नभएजस्तो
यस्ता धेरै-धेरै विगतहरू
आँखाभरि सम्झिन मन लाग्छ
जिन्दगीले हार्नु हुँदैन
जिन्दगीले भाग्नु हुँदैन
कहिलेकाहीँ यस्तै हारेको जिन्दगी
सम्झिन मन लाग्छ
कहिलेकाँही यस्तै भागेको जिन्दगी
बिर्सन मन लाग्छ ।

प्रतिक्रिया