बिहीबार, वैशाख १३, २०८१

एउटा डोजरचाहिँ यता !

अर्जुन पराजुली २०७९ असोज १३ गते १४:४९

श्रीमती, भाउजू, दाई, उता
छोरो, मीत छोरो, भाई उता
सासू, ससूरा, कमातई उता
चिताउन नपाउँदै मनको कुरो
पूरा गरिदिने-कामघेनु गाई उता !
डन, गुन्डा, उदण्ड उता
गुट, उपगुट, झन्ड उता
साम, दाम, दण्ड उता
पार्टी, सरकार, झण्डा उता !
अदालग उता , अध्यादेश उता
हिसाब नमिलेर छिन्न नमिलेका केस उता !
गाँठो उता, गठबन्धन उता
राजनेताको महिमा-मण्डन उता !
नेता उता, वाद उता
मध्यरातमा आउने उन्माद उता !
रेल उता, पानीजहाज उता
बार्दली, बा, श्रीपेच र ताज उता !
ठेकेदार, ठेक्का, घरबेटी उता
टिकट बितरणको टिकोटालो र भेटी उता !
रुख उता, हलो उता
हँसिया-हतौडा, आरा उता
घाम , जुन, तारा उता
पार्टीमा प्रवेश गर्ने सार उता
तर, बालेनको-
एउटा डोजरचाहिँ यता !!

अर्जुन पराजुली

अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।

प्रतिक्रिया