तामाकोशी नदीमा पानीको बहाव स्थिर : जोखिम भने कायमै, सतर्कता अपनाउन आग्रह (सूचीसहित)

काठमाडौं । तामाकोशी नदीमा पानीको बहाव स्थिर रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। चिनियाँ क्षेत्रमा पहिरो गएकाले बाढी आउन सक्ने सूचना निकालिए पनि नदीमा पानीको बहाव बढ्ने र घट्ने नभएको महाशाखाले जनाएको हो । अहिलेसम्म बाढी नआए पनि जोखिम भने कायमै रहेकाले सावधानी अपनाउन नदी आसपासका स्थानीय बासिन्दालाई आग्रह गरिएको छ ।
त्यस्तै, आज नारायणी र यसका सहायक नदीमा पानीको बहाव घटबढ हुन सक्ने अनुमान गरिएको छ । पानीको बहाव जोखिमको अवस्थाभन्दा तलै रहने पूर्वानुमान गरिएको छ । कोशी, कर्णाली र महाकाली नदीसँग जोडिएको केही साना नदी तथा खोलामा भने बाढी आउन सक्ने अनुमान छ । आज कन्काई, पश्चिम राप्ती, बबई नदीसँगै यी नदीका सहायक नदीमा पानीको बहाव बढ्ने सम्भावना छ ।
त्यस्तै, प्रदेश-१ को इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, भोजपुर, सङ्खुवासभाका नदी तथा खोलामा पनि बाढीको जोखिम छ । यस्तै, प्रदेश-२ को बारा, पर्सा, रौतहट, सर्लाही, वाग्मती प्रदेशको दोलखा, रामेछाप, रसुवा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, काठमाण्डौ, चितवन, मकवानपुर, सिन्धुलीका नदीमा पनि पानीको बहाव बढ्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया