चाैबीस घण्टामा ३ हजार ६६० डिस्चार्ज, ३४ जनाकाे मृत्यु

नेपालखोज २०७८ असार ५ गते १६:४७

काठमाडाैं । नेपालमा पछिल्लाे चाैबीस घण्टामा ३ हजार ६६० काेराेना संक्रमित निकाे भएका छन् । साेही अवधीमा २ हजार ४०१ जना काेराेना संक्रमित थपिएका छन् । त्यस्तै चाैबीस घण्टामा ३४ जनाकाे मृत्युकाे मृत्यु भएकाे छ ।

११ हजार ६९६ जनाकाे परीक्षण गर्दा २ हजार ४०१ जनाको रिपोर्ट पोजेटिभ आएको हो । यसमध्ये एक हजार ६८८ पीसीआर र ७१३ जनाको एन्टिजेन विधिबाट रिपोर्ट पोजेटिभ आएको हो ।

नेपालमा हाल कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ६७५ पुगेको छ भने संक्रमितको संख्या ६ लाख १९ हजार ६३५ जना पुगेका छन् । अहिले संक्रिय संक्रमितको संख्या ५७ हजार ६१८ रहेको छ ।

प्रतिक्रिया