मंगलबार, मंसिर १८, २०८१

आगामी ३ दिन देशभर भीषण वर्षाको सम्भावना

नेपालखोज २०७८ असार ६ गते ७:४६

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशभर भीषण वर्षाको सम्भावना रहेको बताएको छ । भीषण वर्षाका कारण देशको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

मनसुनी वायुको प्रभाव र दक्षिणी भू-ग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले आज बिहान देशभरको मौसम सामान्यदेखि पूर्णतया बदली रहेको महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार प्रदेश १, प्रदेश २ र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक–दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो र राति देशभरको मौसम बदली रही अधिकांश ठाउँमा वर्षाको सम्भावना रहेको बताइएको छ । प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका एक वा दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका एक वा दुई स्थानमा अति भीषण वर्षाको सम्भावना छ ।

भोलि र पर्सी पनि देशभर मौसम बदली रही देशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया