कोभिड-१९ को दोस्रो लहरमा झनै बढे लगानीकर्ता

नेपालखोज २०७८ असार ६ गते ९:१३

काठमाडौं । कोभिड–१९ (कोरोना भाइरस)को महामारीका कारण प्राय सम्पूर्ण क्षेत्र प्रभावित भएका बेला नेपालको पुँजी बजारमा भने सकरात्मक प्रभाव देखिएको छ ।

गत वर्षको पहिलो लकडाउनअघि अनलाइन कारोबार गर्ने १८-१९ हजारमात्र नियमित ग्राहक रहेको सेयर बजारमा अहिले सो संख्या बढेर ६ लाख पुगेको छ । त्यतिमात्र होइन लगानीकर्ता वढेर झन्डै ४० लाख पुगेका छन् । सो संख्या अझै बढ्दो क्रममा रहेको छ ।

नेपाल धितोपत्र बोर्डका अनुसार पोहोर सालसम्म दैनिक ४५ करोड कारोबार हुुने सेयर बजारमा अहिले औसतमा ११ देखि २० अर्बसम्मको कारोबार हुने गरेको छ ।

बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना अहिले सबै काम अनलाइबाट गर्न सकिने व्यवस्था भएकाले सेयर बजार फस्टाएको बताउँछन् । ‘हामीले यो एक वर्षको अवधिमा नेप्सेको सिस्टम र सीडीएससीको सिस्टममा धेरै नै अपडेट गरेका छौं ।’ उनले भने, ‘अहिलेको अवस्थामा जुन किसिमले बजार सञ्चालन भइरहेको यसलाई नेप्से र सीडीएससीको सिस्टमले धान्न सक्छ । तर पनि सिस्टम सुधारका कार्य अझै अघि बढाउन आवश्यक छ ।’

नेपालखोजसँग विशेष कुराकानी गर्दै उनले पहिलो भन्दा दोस्रो लकडाउनमा सबै इकोनोमिक एक्टिभिटीमा इनभल्भ भएका मानिसहरु पुँजी बजारममा आकर्षित भएको बताए । त्यसक्रममा उनले पहिलोपटकको लकडाउनमा ९० दिन बजार बन्द गर्नुपरेका कारण बोर्डलाई ठुलै धक्का लागेको पनिस्मरण गरेका थिए ।

लकडाउन अवधिमा भएका मुुख्य काम

– बजार विस्तार गर्न ब्रोकरहरु थप्ने कामको प्रक्रिया अघि बढाइएको छ ।

– नेप्से र सीडीएससीको सिस्टमा सुुधार ।

आगामी योजना

– आउने ५-६ महिनामा ब्रोकरहरुको टीएमएस नै आधुनिक बनाउने ।

– धितोपत्रसम्बन्धि आवश्यक ऐन–नियमहरुका लागि पहल गर्ने ।

अहिलेकै अवस्थामा नेप्से र सीडीएससीको सिस्टमले धान्ने भए पनि यसको सुधार आवश्यकताअनुसार गर्ने तयारी ।

प्रतिक्रिया