२६ अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दे राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि सोमबार पुुनः २६ अर्ब ५३ करोड रुपैयाँको बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार सो दिन अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।
जारी मिति असार आठ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउने छन् । बिक्री गरिने कुल ट्रेजरी मध्येमा २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको ११ अर्ब ५३ करोड र एक सय ८२ दिने अवधिको १० अर्ब रुपैयाँ बराबरको रहेको छ ।
सोमध्ये २८ दिने अवधिको परिपक्व हुने अवधि २०७८ साउन पाँच गते, ९१ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७८ असोज पाँच गते र एक सय ८२ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७८ पुस छ गते तोकिएको छ ।
राष्ट्र बैंकका अनुसार जारी गरिने कुल ट्रेजरी मध्येमा १९ अर्ब ५३ करोड रुपैयाँ बराबरको ट्रेजरी नयाँ रहेको छ भने सात अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी पुरानो नविकरण अन्र्तगतको रहेको छ । यसअघि यही जेठ ३१ गते पनि राष्ट्र बैंकले १५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।


प्रतिक्रिया