आइतबार, पुष ६, २०८२

पत्रकारलाई कोरोनाविरुद्धको खोप तत्काल दिन सर्वोच्चको आदेश

नेपालखोज २०७८ असार ६ गते १७:०३

काठमाडौं । सर्वोच्च अदालतले अग्रपंक्तिमा काम गर्ने पत्रकारलाई तत्काल कोरोना खोप व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ।

आइतबार न्यायाधीश कुमार चुडालको एकल इजलासले पत्रकारहरूको पेशागत प्रकृति र परिस्थिति जनसमुदाय वा समूहमा पुग्नु पर्ने वा जनसम्पर्कमा हुनु पर्ने भएकोले पत्रकारको कार्य प्रकृतिको विशेष परिस्थितिलाई समेत मध्यनजर गरी खोपको व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको हो।

पत्रकार एवं अधिवक्ता लिलानाथ घिमिरेले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो? आदेश जारी हुन नपर्ने भए आधार कारणसहित १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत् लिखित जवाफ पेश गर्न विपक्षीको नाममा आदेश समेत जारी गरेको छ।

प्रतिक्रिया