बिहीबार, असार १२, २०८२

अमेरिकामा भवन भत्किँदा एकको मृत्यु, ९९ अज्ञात

नेपालखोज २०७८ असार ११ गते ८:२२

काठमाडौं । अमेरिकाको फ्लोरिडा राज्यको मयामी शहरमा एक भवन भत्किँदा एक जनाको मृत्यु भएको छ भने ९९ जना हराइरहेका छन् ।

१२ तले आवसीय भवनमा १०२ जना मानिस बसोबास गर्दै आएको अधिकारीहरुले बताएका छन् । तर, दुर्घटनाका बेला कति मानिस थिए भन्ने अहिलेसम्म खुल्न सकेको छैन ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बताएअनुसार स्थानीय समयअनुसार बिहीबार मध्यराति साढे १ बजे भवन भत्किएको थियो ।

दुर्घटनामा ठूलो क्षति भएको अधिकारीहरुले अनुमान गरेका छन् । उक्त भवन सन् १९८० मा निर्माण भएको थियो ।

प्रतिक्रिया