‘भोलिपल्ट कुखुरो हराउनु छ भने अघिल्लै दिन धादिङमा स्याल कसरी करायो’

नेपालखोज २०७८ असार ११ गते १८:२६
फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायलयको निश्पक्षतामाथि गम्भीर प्रश्न खडा भएको बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा शुक्रबार परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्धारा सम्पादित एवं प्रकाशित पुस्तकहरुको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले न्यायलयले निर्णय गर्नुपुर्व नै सोबारे चर्चा गरिनुले शंका उब्जाएको बताए ।

सर्वोच्च अदालतले असार ८ गते जेठ २१ र २७ गते प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्मा सहभागी भएका मन्त्रीहरुको सपथ र कार्यविभाजन संविधान अनुकुल नभएको भन्दै मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । यस विषयमा अघिल्लो दिन नै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अदालतले यस्तो गर्देछ भनी अभिव्यक्ति दिएकाले न्यायलयको निश्पक्षता मााथि प्रश्न खडा भएको प्रधानमन्त्रीले बताए ।

उनले भने, “कसैले अघिल्लै दिन घोषणा गरेका थिए । कसरी गरे त्यो पनि गजबै छ । धादिङमा अघिल्लै दिन भने, भोलि अदालतले हटाउदैछ भन्ने सूचना मैले पाएको छु । न्याय निश्पक्ष निरुपण भयो कि अरुनै हिसाबले ? एउटा चर्चा हल्ला छ नि, सेटिङ सेटिङ भन्ने शब्द खुब चल्छ, नत्र भोेलिपल्ट कुखुरो हराउनु छ भने अघिल्लै दिन धादिङमा स्याल करायो । कसरी त्यो भयो त ? एउटा गम्भीर प्रश्न छ ।”

हरेक प्रणालीले आफ्नो सहिपना र सर्वश्रेष्ठता आफ्नै कामले प्रमाणित गर्नुपर्ने भन्दै उनले त्यस अघि नै प्रणालीलाई भत्काउन खोज्नु खतरनाक भएको टिप्पणी गरेका छन् । साथै प्रधानमन्त्री ओलीले आफ्नो देशभक्तिप्रति सन्देह गर्नेहरु नै नेपालको राजनीतिमा विदेशीहरुको भूमिका चाहिरहेको दाबी गरे । पुर्वप्रधानमन्त्रीले विदेशी टेलिभिजनलाई दिएको अभिव्यक्ति उल्लेख गर्दै प्रधानमन्त्री ओलीले खुलमखुला विदेशी हस्तक्षेपको अपेक्षा गर्नेहरुले नै आफुलाई आडम्बरी देशक्ति भनी टिप्पणी गर्ने गरेको बताए ।

प्रधानमन्त्री ओलीले प्रजातन्त्र र संविधानका विरुद्ध अराजकता ल्याउन खोज्नेविरुद्ध एकजुट हुन महन्त ठाकुरलाई साथमा लिएको स्पष्ट पारेका छन् । उनले आफुलाई लोकतन्त्रवादी भन्नेहरु नै अहिले राष्ट्रपतिमाथि टिकाटिप्पणी गर्ने काममा सक्रिय भएको बताएका छन् । गणतन्त्रप्रतिको गैहभाव राख्ने र समाजलाई अमर्यादित बनाउनेहरुले त्यसो गरेको तर्क प्रधानमन्त्रीले गरेका छन् ।

प्रधानमन्त्री ओलीले नेपालको राजनीतिमा विगतमा पनि बाह्य हस्तक्षेप हुने गरेको स्वीकार गर्दे राजनीतिलाई सही ढंगले चल्न नदिँदा त्यस्ता समस्या देखिने पनि बताए । उनले लोकतान्त्रिक प्रणालीको परराष्ट्र नीति लोकतान्त्रिक नै हुने र आन्तरिक नीतिको प्रतिबिम्ब नै अन्तराष्ट्रिय मञ्चहरुमा देखिदै आएको बताउँदै नेपालको राजनीतिमा भ्रम फैलाउन खोजेको भन्दै पार्लियामेण्टमा खुर्सानीको धुलो बोकेर जाने र पार्लियामेण्टको लडाई माईकले हानेर गर्नेहरुसंगको लडाई शान्तिपुर्ण र सत्यको अश्त्रबाटै जित्ने विश्वास दिलाए ।

प्रतिक्रिया