शुक्रबार, जेठ ४, २०८१

खोजी

दीपक लोहनी २०७८ असार १२ गते ९:००

उ सहरमा थियो । सहरमा भिड थियो । भिडभित्र उ खोजिरहेको थियो । भिड चारैतिर थियो ।

# बाटोभरी भिड थियो ।
# हस्पिटलभरि भिड थियो ।
# स्कुल र कलेजहरूमा भिड थियो ।
# मन्दिर, गुम्बा, मस्जिद र चर्जहरूमा भिड थियो ।
# राजनीतिमा भिड थियो ।
# मेला र भेलामा पनि भिड थियो ।

उ सहरमा थियो । सहरमा भिड थियो । भिडभित्र ऊ केही खोजिरहेको थियो ।

# साहित्य, कला र संगीतमा भिड ।
# संस्कृति र सभ्यतामा भिड ।
# मसानघाट र क्याफेहरूमा भिड ।
# हिमाल, पहाड, र तराईमा भिड ।
# खोला/नाला, ताल/तलैया र मुहानहरूमा भिड ।
# तल, माथि, दायाँ, बायाँ सबैतिर भिड ।
# सत्ता र सिमानामा भिड ।

ऊ सहरको प्रत्येक भिडहरूमा अनवरत खोजिरहेको थियो ।

उसको खोजीबाट हैरान भएर मैले सोधें- ‘साथी, तँ यी भिडहरूमा के खोजिरहेछस् ?’

उसले प्यासी नजर मलाई फ्याँक्दै भन्यो- ‘म इमानदारिता र नैतिकता खोजिरहेछु । एकदिन त भेटिएला नि, दीपक ।’

प्रतिक्रिया