हेटौंडा अस्पतालमा डायलासिस सेवा सञ्चालनमा

वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौंडास्थित हेटौंडा अस्पतालमा डायलासिस सेवा सञ्चालनमा ल्याइएको छ । हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा डायलासिस मेसिन र पूर्वाधारसमेत तयार पारेपछि अस्पतालमा डायलासिस सेवा सेवा सञ्चालन भएको हो ।
अहिले पाँचवटा मेसिनमार्फत मिर्गौलाका बिरामीको डायलासिस सुरू गरिएको छ । यस सेवाका लागि उपमहानगरपालिकाको समन्वय र सहयोगमा डायलासिस मेसिन ल्याएर सेवा सञ्चालनमा गरिएको हो ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालमा अडायलासिस सेवा सञ्चालनपछि सेवा लिनका लागि यसअगावै चितवन, काठमाडौं, वीरगञ्जलगायतका जिल्लामा जानुपर्ने बिरामीको बाध्यता अब अन्त्य हुने विश्वास लिइएको छ ।
अस्पतालले डायलासिस सेवा पनि दिन थालेकाले स्वास्थ्य क्षेत्रमा काँचुली फेरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा विष्णुराज जोशीले बताए ।
अस्पतालमा क्रमशः सेवा विस्तार गर्ने क्रममा डायलासिस सेवा सुरू गरिएको हो । नगरवासीलाई स्वास्थ्य उपचारमा सघाउ पुर्याउने उद्देश्यले उपमहानगरपालिकाको प्रयासमा हेटौंडा अस्पतालमा डायलासिस सेवा सञ्चालनमा ल्याइएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिए ।
यसैबीच वाग्मती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा राष्ट्रिय वृक्षरोपण दिवसका अवसरमा सोमबार हेटौंडा-४ हुप्राचौरमा वृक्षरोपण गरिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सरेश नेपालले शहरमा वृक्षरोपण गर्नु अत्यन्त महत्वपूर्ण काम रहेको बताए ।

रासस
रासस नेपालको राष्ट्रिय समाचार एजेन्सी हो । नेपालखोज राससको आधिकारिक ग्राहक पनि हो ।
प्रतिक्रिया