बुधबार, जेठ १, २०८२

देशभर मौसम बदली, काठमाडौंमा झरी

नेपालखोज २०७८ असार १६ गते ७:३०

काठमाडौं । मनसुनी वायुको सक्रिय प्रभाव र तराई भू–भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले आज बिहान देशभर मौसम बदली रहेको छ ।

प्रदेश १, प्रदेश २‚ बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । ती प्रदेशका पहाडी भू–भाग र नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

रातिसम्मै ती स्थानमा सामान्यदेखि पूर्ण बदली रहने सम्भावना छ । काठमाडौं उपत्यकामा भने लगातार झरी परीरहेको छ ।

प्रतिक्रिया