विश्व हिन्दु महासंघद्वारा खेद व्यक्त

नेपालखोज २०७८ असार १६ गते १८:२१

काठमाडौं । विश्व हिन्दु महासंघले सत्य–तथ्य नबुझी समाचार प्रकाशन गरेकोमा खेद प्रकट गरेको छ ।

महासंघका महासचिव अस्मीता भण्डारीले विश्व हिन्दु महासंघको नाममा रहेको गोकर्णको जग्गा बिक्री गरी अनियमितता गरेको भनी केही अघि सञ्चार माध्यममा समाचार प्रकाशित भएकोमा खेद प्रकट गरेको हो ।

विश्व हिन्दु महासंघका सचिवले बुधबार जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘महासचिवमाथि अमर्यादित तवरबाट जथाभावी नकारात्मक सन्देश दिन खोजी उहाँको चरित्र हत्या गर्नेलाई कानुनी कारबाहीका निम्ति नेपाल प्रेस काउन्सिल समक्ष माग गर्दछौं ।’

विज्ञप्तीमा महासंघको कार्यकारीणी समितिको २०७३/१०/१३ गतेको निर्णयपछि विश्व हिन्दु महासंघका तत्कालीन निर्वाचित अध्यक्ष जनरल भरतकेशर सिंहको अध्यक्षतामा विधान बमोजिम गठित बोर्ड अफ ट्रष्टीको २०७५/०१/०५ निर्णय अनुसार सो जग्गा बिक्री गरिएकोमा महासचिवको कुनै पनि प्रत्यक्ष संलग्नता नरहेको बताइएको छ ।

प्रतिक्रिया