सुनको भाउ बढ्यो, चाँदीको कतिमा हुँदै छ कारोबार ?
नेपालखोज
२०७८ असार १८ गते ११:०३

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउ बढेको छ भने चाँदीको भाउ स्थिर रहेको छ । छापावाल सुन आज ५ सय रुपैयाँले बढेको हो । छापावाल सुन आज प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन छापावाल सुन तोलाको ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ९० हजार ८ सय रुपैयाँ कायम भएको छ । हिजो तेजाबी सुन ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी चाँदीको मूल्य आज स्थिर रहेको छ । चाँदी आज तोलाको १३ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी १३ सय १० रुपैयाँमा नै कारोबार भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया